२२ पुष २०७६, मंगलवार

काठमाडौं, २२ पुस । विभिन्न शक्ति केन्द्रसँगको पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौसम्म सरकारी जिम्मेवारी पूरा नगर्ने ३ सय ३२ निर्माण कम्पनी र सप्लायर्सलाई कालोसूचीमा सूचीकृत गरिएको छ ।

कामको जिम्मा लिने तर काम नगर्ने, काम गरेपनि गुणस्तरहीन काम गर्ने, सकयमा नगर्ने विभिन्न ३ सय ३२ कम्पनी तथा सप्लार्यसलाई अहिलेसम्म कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अहिले ३५ वटा फाइल प्रक्रियामा छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा खबर छ ।

LIVE TV