२० विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको डडेल्धुरा अस्पताल ४ चिकित्सकको भरमा चल्दै (भिडियो)



प्रकाशित मिति : Jan 07, 2020

१.यसपटक फुुस्फुसाएको हिउँ हेर्न आउने भारतीय पर्यटकहरुले दिए भ्रमण बर्षका लागि सुखद संकेत
यस बर्ष दोहारिएर बर्षेको हिउँले पनि विदेशी तथा आन्तरिक पर्यटकहरुलाई हिउँ फुस्फुसाएको स्थानहरुमा आकर्षित गरेको छ । यसलाई धेरैले भ्रमण बर्ष ट्वान्टी ट्वान्टीको शुभ संकेतकोरुपमा लिएका छन् । सुदूरपश्चिमको डडेल्धुरामा परेको हिउँमा खेल्न र रमाउन धेरै भारतीय पर्यटक पुग्दा उनीहरुले यसपटक नेपालमा अनौठो अनुभूति संगाल्न पाए ।

सीमानाकादेखि नै स्वागत र सत्कार पाएका उनीहरुले डडेल्धुरामा परेको हिउँले आफुहरुलाई थप मनमोहक बनाएको अनुभव सुनाए । नेपाल भ्रमण बर्षको घोषणा हुनु र आफुहरुले न्यायो आतिथ्यता पाउँदा नेपाल दोहो¥याएर आउन मन लागेको उल्लेख गर्दै भारतीय पर्यटकहरुले नेपाल वास्तवमा नै स्वर्गको टुक्रा नै भएको भन्दै प्रसंशा पनि गरे । नेपालमा भारतीय पर्यटकको आगमन बढाउन सके मात्र पनि पर्यटन बर्षको सफलतालाई धेरै हदसम्म थेग्ने निश्चित छ । र , यसपटक डडेल्धुराको हिउँमा खेल्न आउने पर्यटकहरुले दिएको संकेतले पनि यस्लाई उजागर गरेको छ ।
२.वैतडीको पाटनमा पनि प्याराग्लाइडिङको व्यवसायिक सेवा सुरु,सुदूरपश्चिममा पर्यटक बढ्ने निश्चित
नेपालको डाँडाकाँडा पर्यटक लोभ्याउने माध्यम त हुन नै, त्यसमाथि साहसिक पर्यटनका लागि पनि नेपालको डाँडाकाँडा उपयुक्त थलो बन्दै आएको छ । नेपालमा पछिल्लो समय विकास हुँदै गएको साहसिक खेल पर्यटनमा प्याराग्लाइडिङले पनि राम्रो स्थान लिन थालेको छ । कास्कीमा सफल प्रयोग भएर सञ्चालनमा रहदै आएको प्याराग्लाइडिङको लागि परीक्षण उडान धेरै पहाडी जिल्लामा भइसकेका छन् ।

अहिले यस्को सफल परीक्षण र प्रयोग सुदूरपश्चिमको हिमाली जिल्ला वैतडीमा पनि हुन थालेको छ । वैतडीमा वैतडी एडभेञ्जर प्रालिले व्यवसायिकरुपमा प्याराग्लाइडिङको व्यवसायिक सेवा सुरु भएपछि यस्ले सुदूरपश्चिमको समग्र पर्यटन विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । नेपाल भ्रमण बर्षलाई लक्षित गरी सरकारले घोषणा गरेको उत्कृष्ट १०० नयाँ गन्तव्यमा वैतडीका २ स्थान सूचीकृत भएको अवस्थामा थपिएको प्याराग्लाइडिङले वैतडी लगायत सुदूरपश्चिममा नै पर्यटक बढाउन उल्लेख्य भूमिमा खेल्ने निश्चित देखिएको छ ।


३. २० विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको डडेल्धुरा अस्पताल ४ चिकित्सकको भरमा चल्दै
संघीय सरकार मातहत रहेको विशिष्ट विशेषज्ञ अस्पतालकोरुपमा रहेको डडेल्धुरा अस्पतालमा २० विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर विडम्बना यो अस्पताल अहिले जम्मा ४ जना चिकित्सकको भरमा चलिरहेको छ । कोही अध्ययन विदा , कोही सुत्केरी स्याहार्ने विदामा त कोही अन्य जिल्लामा सरुवा भएर गएपछि अस्पताल ४ जनाको भरमा जेनतेन चलिरहेको छ ।

सुदूरपश्चिमका सात पहाडी जिल्लाको वासिन्दाको लागि भरपर्दो अस्पलालकोरुपमा रहेको यो अस्पतालमा चिकित्सकको उपस्थिति नहुँदा ठूलो संख्यामा सेवाग्राहीहरु मारमा परेका छन् । दरबन्दी अनुरुपको चिकित्सकको व्यवस्था संघीय सरकार र संघीय स्वास्थ्य मन्त्रालय चुक्दा डडेल्धुरा अस्पतालको यो हविगत हुन पुगको हो । हुनत डडेल्धुरा अस्पतालको यो घटना प्रतिनिधि मात्र हो , अधिकांश नेपालका सबै सरकारी अस्पतालको हालत यही छ । स्वास्थ्य सेवालाई आम नेपालीको पहुँचमा पु¥याउने सरकारी घोषणाका लागि यस्तो अवस्था गतिलो व्यङ्ग पनि हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com