२१ पुष २०७६, सोमबार
  • रोशन दानी

काठमाडौं , २१ पुष । प्रहरीले बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी थप एक जनालाई पक्राउ गरेको गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बलम्वुले बैंकिङ कसुर मुद्धाका फरार गुल्मी जिल्ला मदाने गाउँपालिका वडा नं. ३ घर भई हाल चन्द्रागिरी नगरपालिका ११ गुर्जुधारा स्थित बलम्बु फ्रेस हाउस सञ्चालन गरी बस्ने बर्ष ४० को ऋषि भन्ने रिखबहादुर के.सीलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख प्रहरी निरीक्षक खेमराज रावतले लामो समय देखि बैंकिङ कसुर मुद्धामा फरार हुँदै लुकिछिपि बसिरहेका केसीलाई चन्द्रागिरी ११ सतुङ्गलवाट पक्राउ गरिएको बताए ।

प्रहरी निरीक्षक रावतका अनुसार बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनबाट पक्राउ अनुमति जारी भए पश्चात् केसी फरार रहेका थिए ।

बैंकिङ कसुर मुद्धामा पक्राउ परेका केसीलाई आवश्यक कानुनी कारवाहीका लागि महानगरीय प्रहरी बृत्त थानकोट पठाएको बलम्वु प्रहरीले जनाएको छ ।

LIVE TV