
- सुरेश श्रेष्ठ
दाङ, २१ पुष । रक्त सञ्चार सेवा तुलसीपुरलाई फूजीमा आयल कम्पनी प्रालि बिराटनगरले ब्लड बैक रेफ्रिजरेटर प्रदान गरेको छ ।

कालिका देवी स्मृति भवनमा नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र तुलसीपुरका लागि फूजीमा आयल कम्पनीका बजार प्रतिनिधि नविन बस्नेतले नेपाल रेडक्रस सोसाईटी दाङ शाखाका सभापति नारायण आचार्यलाई उक्त ब्लड बैक रेफ्रिजरेटर हस्तान्तरण गर्नुभएको हो ।

उक्त अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का अध्यक्ष विरेन्द्र शाहले यस आर्थिक वर्षमा १ लाख बजेट उपब्ध गराएको र आगामी दिनमा सुत्केरी र सिकलसेल एनिमियाका बिरामीलाई निशुल्क रगत उपलब्ध गराउने गरी बजेट बिनियोजनको तयारी गर्न लागेको जानकारी दिनुभयो ।

त्यस्तै वडा नम्वर ७ का अध्यक्ष टोपबहादुर केसीले वडाको तर्फबाट रक्त सञ्चार केन्द्रका लागि ५० हजार रकम बिनियोजन गरिएको जानकारी दिनुभयो । त्यसअवसरमा रक्त दान कार्यक्रम समेत गरिएको थियो ।
१६ बर्ष अघि घोराहीमा सञ्चालनमा ल्याएको रक्त सञ्चार सेवा २०७२ भदौ १९ गतेदेखि तुलसीपुरस्थित कालिका देवी स्मृति भवनबाट सञ्चालनमा ल्याएको हो । घोराहीमा मासिक साँढे २ सय पाउण्ड र तुलसीपुरबाट ८० पाउण्ड रक्त खपत हुने गरेको छ ।
प्रदेश नम्वर ५ ले ५० लाख,तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ ले १ लाख,वडा नम्वर २ ले ५० हजार,वडा नम्वर ११ ले ५० हजार,दंङगीशरण गाँउपालिकाले ५० हजार बजेट बिनियोजन गरेका छन् ।