२१ पुष २०७६, सोमबार

काठमाडौं, २१ पुष । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार बढेको छ । सोमबार शेयर बजार परिसूचक नेप्से १८ दशमलव दुई ६ अंकले बढ्दै १ हजार २ सय दशमलव ६ नौ अंकको बिन्दुमा पुगी कारोबार बन्द भयो ।

साताको पहिलो दिन आइतबार करिब १६ अंकले बढेको शेयर बजारमा सोमबार पनि वृद्धि देखिएको छ । सोमबार १८ दशमलव २ छ अंकले बढ्दै शेयर बजार परिसूचक नेप्से १२ सय दशमलव ६ नौ अंकको बिन्दुमा पुगी कारोबार बन्द भयो । सोमबारको बजार १ दशमलव ५ चार प्रतिशतले बढ्दा परिसूचक १२ सय दशमलव ६ नौ अंकको बिन्दुमा पुगेको हो ।

सोमबार १ सय ७८ कम्पनीका २६ लाख ८३ हजार ६ सय १० कित्ता शेयर किनबेच हुँदा करिब ८४ करोड २५ लाख रुपियाँ बराबरको कारोबार भएको छ । सोमबार शेयर बजारमा ट्रेडिङ समूह १२ दशमलव २ छ अंकले घटेको छ ।

त्यसैगरी बैंकिङ समूह २५ दशमलव ८ छ, होटल समूह २ दशमलव ९ आठ , विकास बैंक समूह १३ दशमलव १ सात, जलविद्युत समूह ० दशमलव १ चार, वित्त समूह १ दशमलव ४ नौ, निर्जीवन बीमा समूह ० दशमलव ७ नौ, उत्पादनमूलक समूह ४ दशमलव ४ पाँच, अन्य समूह ३ दशमलव ५ छ, लघुवित्त समूह ३३ दशमलव ९ आठ, जीवन बीमा समूह १२ दशमलव १ तिन र म्युचुअल फण्ड ० दशमलव १ पांच प्रतिशतले बढेको छ ।

सोमबार वोमी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात् ९ दशमलव ९ तिन प्रतिशतले कमाएका छन् । नेको इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले भने सोमबारको बजारमा सबैभन्दा धेरै अर्थात् ४ दशमलव ९ चार प्रतिशतले गुमाएका छन । त्यसैगरी सोमबार सबैभन्दा धेरै एनआईसी एशिया बैंकको करिब ८ करोड ४६ लाख रुपियाँ बराबरको शेयर खरिदबिक्रि भएको छ ।

LIVE TV