२१ पुष २०७६, सोमबार

काठमाडौं, २१ पुष । फिल्म ‘कमाण्डर’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा अनुपबिक्रम शाही प्रहरी अधिकृतका रुपमा प्रस्तुत भएका छन् भने रविन तामाङले तस्करको भूमिका निभाएका छन् ।

फिल्म ‘कमाण्डर’को निर्देशन एलआर विबेक सापकोटाले गरेका हुन् । फिल्मको लेखन र निर्माण निर्देशक एलआरकै रहेको छ भने सहनिर्मातामा सावन जंग राना छन् । फिल्म सुपेरियर फिल्मस्को ब्यानरमा बनेको हो ।

फिल्ममा अनुपबिक्रम र रबिनसंगै ध्रुव कोइराला,श्रीराम पुडासैनी, प्रेम शर्मा,साधना सिलवाल,दिनेश केसी, कालु राना र तेजा ऐर लगायतले अभिनय गरेका छन् । फिल्म माघ १० गतेबाट प्रदर्शनमा आउने भएको छ ।

LIVE TV