२१ पुष २०७६, सोमबार

भक्तपुर,२१ पुस । भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाबाट १४ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्यपुर ठिमी नगरपालिका–९ निलबाराही स्थित निलबाराही रिसोर्टमा जुवातास खेल्ने १४ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

समातिएका व्यक्तिबाट ६ लाख ८४ हजार १ सय २० नेपाली रुपैयाँ र ७ हजार ६ सय ६० भारतीय रुपैयाँ गरी ६ लाख ९६ हजार ३ सय ७६ नेपाली रुपैयाँ बरामद भएको महानगरीय प्रहरी बृत्त ठिमीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा निलबाराही रिसोर्टका सञ्चालक सुरेश श्रेष्ठसहित सोही ठाउँका ३७ वर्षी उमेश लगायतका छन् ।

LIVE TV