२१ पुष २०७६, सोमबार

काठमाडौं, २१ पुस । सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला ७६ हजार पुगेको छ । यो हालसम्मकै सुनको मूल्यको उच्चतम बिन्दु हो । शुक्रबार प्रतितोला ७४ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आइतवार ७५ हजार ५ सय कायम रहेको थियो ।

यस्तै सोमबार तेजावी सुनको मूल्य पनि ५ सय बढेर ७५ हजार ७०० मा कारोबार भएको छ भने चाँदी तोलामा २० रुपैयाँ बढेर ९२० रुपैयाँमा कारोबार भएको छ। महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अमेरिका र ईरानबीचको तनाव, डलर मजबुत र भारतीय रुपैयाँ कमजोर भएकाले नेपालमा सुनको भाउ बढेको हो ।

मूल्य बढ्ने क्रम कायमै रहने अनुमान गरिएको छ।

LIVE TV