२१ पुष २०७६, सोमबार

काठमाडौँ, २१ पुस । दशरथ रङ्गशालास्थित खेल मैदान हिलाम्य भएपछि स्थगित भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग आजबाट पुन: सुरु हुँदै छन् । खेल मैदान हिलाम्य भएपछि शनिबार र आइतबारको खेल स्थगित भएको थियो ।

आजबाट पाँचौँ चरणका खेल हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार आज दशरथ रङ्गशालामा पहिलो खेल न्युरोड टिम र जावलाखेल युथ क्लबबीच हुने छ । अर्को खेल मनाङ–मस्र्याङ्दी क्लब र मछिन्द्र क्लबबीच हुनेछ । लिगको चौथो चरण सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ ।

मछिन्द्र क्लब दोस्रो, त्रिभुवन आर्मी क्लब तेस्रो, जावलाखेल चौथो, नेपाल पुलिस क्लब पाँचौँ, थ्री स्टार छैटौँ, ब्रिगेड ब्वाइज क्लब सातौँ, न्यू रोड टिम आठौँ, च्यासल युथ क्लब नवौँ, सशस्त्र प्रहरी बलको एपीएफ क्लब दशौँ, सङ्कटा क्लब ११औँ, हिमालयन शेर्पा क्लब १२औँ, फ्रेन्डस् क्लब १३औँ तथा सरस्वती युथ क्लब १४औँ स्थानमा छ ।

LIVE TV