२१ पुष २०७६, सोमबार

काठमाडौँ, २१ पुस । सवारी धनी तथा चालककोे सामान्य लापरवाहीका कारण मोटरसाइकल चोरीका घटना अपत्यारिलो ढंगले बढेको छ । काठमाडौंँ उपत्यकामा प्रत्येक महिना एकसयदेखि एकसय २० वटासम्म मोटरसाइकल चोरी हुने गरेको छ ।

मोटरसाइकल चोरी तथा हराउनुमा सवारीधनी तथा चालकको कमजोरी देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । असुरक्षित पार्किङ, व्यस्तताका नाममा साधनप्रतिको वेवास्ता र ह्याण्डिल लक नगर्ने जस्ता गल्तीले मोटरसाइकल चोरी हुने गरेको छ ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल मोटरसाइकल तथा स्कुटर चोरीमा संगठित गिरोह नै सक्रिय भएकाले सवारी धनी तथा चालकहरू स्वयम् सचेत हुनुपर्ने बताउनुहुन्छ । विभिन्न स्थानबाट फेला परेका २० वटा मोटरसाइकल सोमवार सवारी धनीलाई जिम्म लगाइएको छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

LIVE TV