२० पुष २०७६, आईतवार

काठमाडौं, १९ पुस । जिल्ला प्रशासन कार्यालय काठमाडौंले केहि दिन अघि उपत्यकाबाट पक्राउ १२२ जना चिनियाँ नागरिकहरुलार्इ जनही एक हजार जरिवाना तिराएर रिहा गर्न आदेश दिएको छ ।

पक्राउ परेहकाहरुबिरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनही एक हजार जरिवाना तिराएर रिहा गर्न आदेश दिएको हो।

नेपाललमा बसेर स्वदेशमा अपराधिक कार्यमा संलग्न भएको भन्दै चिनियाँ प्रहरीले गरेको अनुरोधपछि उनीहरुलाई नेपाल प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गेरको थियो ।

बाँकी कारबाही भने गृहमन्त्रालयले गर्ने जिल्ला प्रशाशन कार्यालय काठमाडौंले जनाएको छ । साथै उनीहरुलाई चिन (स्वदेश) फर्काउनेबारे अध्यागमन विभाग र गृहमन्त्रालयले आवश्यक निर्णय लिने बताइएको छ ।

प्रहरीको लामो अनुशन्धानपछि उनीहरुले गम्भीर अपराध गरेको नभेटेपछि उनीहरुबिरुद्ध अभद्र व्यवहारको मुद्दा मात्रै चलाएको थियो ।

LIVE TV