२० पुष २०७६, आईतवार
  • रोशन दानी

काठमाडौं,२० पुष । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले नेपाल प्रहरीको गरिमालाई अन्तर्राष्ट्रिय स्तर सम्म पु¥याउने काम गर्न निर्देशन दिनु भएको छ ।

राजधानीको प्रहरीले गरेको कार्य वा व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्दै सो कार्य अन्तर्राष्ट्रिय जगतमा समेत जाने हुनाले उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न निर्देशन दिनु भएको हो ।
प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले आईतबार महानगरीय प्रहरी परिसर ललितपुरको निरीक्षण गर्दै प्रहरीलाई शान्ति सुरक्षाको दृष्टिकोणले राष्ट्रकै एक नम्वर वनाउने काम प्रहरीकै भएका कारण व्यवहारमा नम्रता र शिष्टता हुनु पर्ने बताउनुभयो ।

अपराध गर्नेलाई विना हिच्किचावट हदै सम्मको कारवाही गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले मातहतका प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।

डिआईजी पोखरेलले जनतालाई प्रवाह गर्ने सेवा निष्पक्ष एवं सम्मानजनक हुनु पर्ने, परिणामुखी जिम्मेवारी निर्वाह गर्नु पर्ने, अनुशासनमा रहि काम गर्ने गरानु पर्ने निर्देशन दिदै आफ्नो गलत स्वार्थ, गलत आचरणका कारण कसैले जानी जानी गल्ती गर्छ भने सीधै कारवाहीको भागिदार बन्ने चेतावनी समेत दिनुभयो ।

प्रत्येक दिन साँझ सिनियर अधिकृतहरूले जवान हवल्दारको मेसमा गएर खाना खाने साथै कार्यालय प्रमुख हप्ताको एक दिन अनिवार्य रूपमा जवान हबल्दारको व्यारेकमा सुतेर देखिएका कमी कमजोरीलाई सुधार गर्दै लैजान पनि मातहत कर्मचारीहरूलाई निर्देशन दिनु भयो ।

LIVE TV