२० पुष २०७६, आईतवार

काठमाडौं, २० पुष । संसदीय समितिले न्याय परिषद सदस्यमा प्रस्तावित लक्ष्मीबहादुर निरालाको नाम अनुमोदन गरेको छ ।
आइतबार बसेको संसदीय सुनुवाई समितिको बैठकले निरालालाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।

न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ । परिषद्का सदस्य पदम वैदिकले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निरालाको नाम प्रस्ताव गरी सुनुवाइका लागि समितिमा पठाउनुभएको थियो । उहाँको नाम सर्वसम्मत् पारित भएको थियो ।

निराला मुलुकका पुराना र बरिष्ठ वकिल हुनुहुन्छ । निराला तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका महान्यायाधीवक्ता हुनुहुन्थ्यो ।

न्यायपरिषद सदस्यमा सिफारिस निरालाले समितिबाट अनुमोदन हुनुअघि समिति छलफलमा आफु निष्ठापूर्वका काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

निराला २०६२ पुस ११ देखि ०६३ वैशाख १५ सम्म महान्यायाधीवक्ता हुनुभएको थियो । त्यसबेला मन्त्रिपरिषदको अध्यक्ष ज्ञानेन्द्र शाह आफैं हुनुहुन्थ्यो ।

त्यसअघिका महान्यायायाधीवक्ता पवन ओझा सर्वोच्चको अस्थायी न्यायाधीश नियुक्त भएपछि खड्कालाई महान्यायाधीवक्ता बनाइएको थियो ।

LIVE TV