२० पुष २०७६, आईतवार
  • इर्फान अली,

पर्सा, २० पुष । जबरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सुराकीका आधारमा प्रहरीले शनिबार राति छिपहरमाई गाउँपालिका-५ भिस्वाका ४५ वर्षीय दिनेश प्रसाद कानूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालत पर्साबाट लगत नम्बर ५६६ बि.सं. २०७२/१०/१८ गते भएको फैसला अनुसार ६ वर्ष ११ महिना १५ दिन कैद सजाय तोकिएको अभियुक्त कानू फरार थिए ।

नियन्त्रणमा लिइएको ककानूलाई आदलतमा पेश गरी आदेश अनुसार कैद भुक्तानका लागि वीरगञ्ज कारागारमा पु-याइएको प्रहरीले जनाएको छ ।

LIVE TV