२० पुष २०७६, आईतवार
  • घनश्याम मिश्र,

जनकपुरधाम, २० पुष । राष्ट्रियसभा सदस्यका लागि प्रदेश नम्बर–२ मा समाजवादी पार्टी र नेपाली कांग्रेसले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेद्वारहरूले पनि आइतबार नै विद्यापति चोकस्थित निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गराएका छन् ।

आगामी माघ ९ गते हुन लागेको निर्वाचनका लागि प्रदेश–२ मा नेकपा र राजपाले चुनावी तालमेल गरेका छन् । त्यस्तै नेपाली कांग्रेस र समाजवादीले चुनावी तालमेल गरेका छन् । तालमेल गर्ने दुवै दलले २÷२ सिट बाँड्ने गरी चुनावी तालमेल गरेका हुन् ।

राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १९ सिटमध्ये १८ सिटका लागि आगामी माघ ९ गते निर्वाचन हुँदैछ । एक जना सदस्यलाई भने राष्ट्रपति आफैले मनोनित गर्नुहुनेछ ।

LIVE TV