२० पुष २०७६, आईतवार

काठमाडौं, २० पुष । त्रिभुवन विश्वविद्यालय परिसरभित्रको प्रहरी चौकी तत्काल हटाइने भएको छ । आइतबार विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय र नेपाल विद्यार्थी संघबीच प्रहरी चौकी हटाउने सहमति भएको हो ।

नेविसंघले प्रहरी चौकी हटाउनका लागि लामो समयदेखि आन्दोलन गर्दै आएको थियो । त्यस्तै चौकी हटाउनेसंगै स्ववियु निर्वाचनको मिति एक हप्ताभित्र तय गर्ने र त्रिविमा कुनै पनि राजनीतिक दलमाथि भेदभाव नगर्ने लगायतको विषयमा पनि सहमति भएको छ ।

नेविसंघले पुष १३ गते त्रिवि परिसरभित्र प्रहरी चौकी राखिएको र राजनीतिक नियुक्ति लगायतका विषयको विरोध गर्दै त्रिविका उपकुलपतिको कार्यकक्ष तोडफोड गरेको थियो ।

LIVE TV