अमेरिका इरान तनाव : बदलास्वरुप इरानियन’ह्याकर’द्वारा अमेरिकी वेबसाइट ‘ह्याक’



प्रकाशित मिति : Jan 05, 2020
  • रुपा घिमिरे

२० पुष काठमाडौंँ । पहिल्लो समय अमेरिका र इरानबीच देखिएको अघोषित युद्धले विश्व तेस्रो विश्वयुद्धतिर धकेलिँदै त छैन भन्ने भान परेको छ ।

अमेरिकी सेनाले ड्राेन प्रयोग गरी इरानी सैन्य कमाण्डर कासिम सोलेमानीको इराकमा हत्या गरेसँगै मध्यपूर्वमा तनाव चुलिँदै गएको छ। आफ्ना सैन्य कमाण्डरको हत्या गरिएपछि इरानले अमेरिकासँग बदला लिने बताइरहँदा इरानियन ह्याकर्सले अमेरिकी वेबसाइट ह्याक गरिदिएका छन् । अमेरिकी समाचार संस्था डेलीमेलका अनुसार उक्त समूहले कासिमको हत्याको बदला स्वरुप इरानले के गर्न सक्छ भन्ने देखाउन आफूहरुले अमेरिकी वेबसाइट ह्याक गरेको जनाएका छन् ।

इरानियन ह्याकर्सले अमेरिकाको फेडेरल डिपोसिटोरी लाइबेरी प्रोग्रामलाई आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरुले वेबसाइटमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी र इरानी झण्डा राखेर सुलेमानी शहिद बनेको उल्लेख गरेका छन्।

इराकको बग्दादमा इरानी फौजका विशेष दस्ता ‘क्विड’का प्रमुख जनरल कासिम सुलेमानी अमेरिकी हवाइ हमलामा मारिएका थिए । त्यसलगत्तै इरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले अमेरिकासँग कडा बदला लिने चेतावनी दिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ स्थानमा आक्रमण गर्ने चेतावनी दिएका थिए ।

वेबसाइटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानी मिसाइलले हमला गरेर घाइते बनाएको प्रतिकात्मक तस्वीर ह्याकरहरुले राखेको देख्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com