आफूलाई ज्योतिष बताउने अर्जुन क्षेत्रीले दिउँसै ढोका फोडेर गुण्डा लगाई मान्छे घिसारेपछि…(भिडियो)



प्रकाशित मिति : Jan 04, 2020

काठमाडौं, १९ पुष । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को ४७८ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. सरकार र उखु किसानबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं । आगामी माघ माघ ७ गतेभित्र उखु किसानको बाँकी बक्यौता रकम चिनी उद्योगीले भुक्तानी गर्ने गरी सरकार र उखु किसानबीच सहमति भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको पाँच बुँदे सहमतिसँगै किसानले जारी राखेको आन्दोलन स्थगित गरेका छन् । किसानलाई बाँकी बक्यौताका लागि मन्त्रालयले सहजीकरण गर्ने सहमतिमा उल्लेख छ ।

सरकारले अनुदानवापत प्रदान गर्ने रकम तुरुन्त उपलब्ध गराउनका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषि र अर्थ मन्त्रालयमा अनुरोध गरी पठाउने भएको छ ।

२. घर तोडफोड गरी अपहरण गरेको प्रमाण हुँदा पनि उजुरी लिन मान्दैन प्रहरी !

काठमाडौं, १९ पुष । कानूनको पालना गराउने, नागरिकको जिउ–धनको सुरक्षा गर्ने जिम्मा प्रहरीको हो । तर, त्यही प्रहरी पैसा र पहुँचवालाको मात्रै कुरा सुन्ने गरेको सबैले देख्दै र भोग्दै आएका छौं । प्रहरीले आफ्नो काम जिम्मेवारीका साथ नगरेको पनि तपाई हामीले देख्दै आएका छौं ।

त्यति मात्र होइन, यहाँ प्रहरीकै जुनियर अधिकृतलाई दुःख पर्दा पनि प्रहरीका सिनियर अधिकृतहरुले अझ उनीहरुमाथि नै अन्याय गर्दै आएका छन् । प्रहरीको परिवारमा कुनै व्यक्तिबाट आक्रमण हुन्छ । घर–डेरा तोडफोड हुन्छ । आफ्नो छोरालाई घण्टौ बन्दक बनाइन्छ र पीडित प्रहरीको परिवारले न्यायको खोजी गर्दै अनेक निकाय धाउँदा समेत केही सीप चल्दैन ।

आफूमाथि भएको अन्ययको जाहेरी दर्ता गर्न खोज्दा प्रहरीकै परिवारको जाहेरी प्रहरी कार्यालयले नै लिदैन । राष्ट्रिय मानव अधिकार आयोगदेखि सरकारी वकिलको कार्यालयले समेत उजुरी दर्ता गरी अनुसन्धान गर्नु भन्ने पत्र लेख्दा समेत प्रहरी अधिकारीहरुले कुनै टेढ पुच्छर लगाउँदैनन् ।

३. ठेकेदारको लापरवाहीका कारण डोटीको जोरायल गाँउपालिकामा ८ वर्षसम्म पनि पुल बनेन

डोटी, १९ पुष । डोटीको जोरायल गाँउपालिका–४ मा निर्माणाधीन पुलको निर्माण कार्य नसकिँदै भत्किन थालेको छ ।

चन्द्रा एण्ड बसन्त कन्सट्रक्शन कम्पनीले जिम्मा लिएर आईएस कन्सट्रक्शन कम्पनी मार्फत निर्माण भइरहेको उक्त पुलको स्टिमेट अनुसार काम नहुँदा पुलको दुवै मुखमा बनाइएको विङ–वाल भत्किन थालेको हो ।

स्थानीयका अनुसार स्टिमेटमा दुवैतर्फ एप्रोच विङ–वाल २.५ मिटर आसीसी गर्नुपर्ने भएपनि ५० सेन्टिमीटर मात्रै आरसीसी गरी बाँकी मेसिनरी वाल हालिएको छ । साथै पुलको रेलिङ पिल्लरमा १२ एमएमको सरिया हुनु पर्नेमा ८ एमएम र १० एमएमको मात्रै सरिया हालेर ढलान गरिएको छ ।

४. सुत्केरी महिला चिसो छाप्रोमा, ओढ्ने–ओछ्याउने र खाने कुरा केही छैन !

उदयपुर, १९ पुष । उदयपुर कटारी–५ की चमेली तामाङ ९ दिनकी सुत्केरी छिन् । आर्थिक अवस्था ज्यादै न्यून भएकी उनी आफ्नो माइतीमै बस्दै आएकी छिन् ।

पुषको यस्तो चिसोमा सित चुहिने छाप्रोमा बस्दै आएकी छिन् । उनीसँग तातो भात खानका लागि चामल समेत छैन, भने ओड्ने–ओछ्याउने र लगाउने न्यानो कपडा केही पनि छैन ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com