१९ पुष २०७६, शनिबार

काठमाडौं, १९ पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार टुंग्याउन सकेको छैन । सभामुखमा वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेको दावी स्वभाविक हो । तर, उनीप्रति नेकपाको शीर्ष नेतृत्व ‘सकारात्मक’ छैन । विगतका घटनासहित नेकपामा अहिले चलिरहेको रस्साकस्सीले ठूला दल महिलालाई नेतृत्व दिन अनुदार छन् भन्ने प्रष्ट हुन्छ ।

शिवमाया तुम्बाहाङफे विकल्परहित सभामुख बन्नुपथ्र्यो । दलहरुको सत्तारुढ दल नेकपाको जोडघटाउमा तुम्बाहम्फे पर्नुभएन । उहाँलाई सभामुख नबनाउने लगभग निष्कर्षमा नेकपा देखिन्छ । यो ताजा विषय हो । जनआन्दोलन सफल पार्न सडकबाटै सदन चलाउने तत्कालिन उपसभामुख चित्रलेखा यादवलाई सम्म पाखा लगाउने नेपालका राजनीतिक दलहरुसँग अपेक्षा राख्नु मुर्खता नै होला ! २०६२/६३ मा तत्कालिन सभामुख तारानाथ रानाभाटले राजीनामा नदिएर आन्दोलनलाई असहयोग गरिरहेका बेला तत्कालिन उपसभामुख चित्रलेखा यादवले सडकबाट संसद चलाउनु भयो ।

यो संघर्षले राजनीतिक परिवर्तन ग¥यो, मुलुकमा लोकतन्त्र मात्र होइन व्यवस्था परिवर्तन नै भएर गणतन्त्र स्थापना भयो । अब सभामुख बनाउने पालामा यादवको नाम ‘कट’ गरियो । अहिले पनि यौन दूव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा गरेपछिको संकट टार्ने काम उपसभामुख तुम्बाहाङफेले गर्दै आउनुभएको छ । अहिले सभामुख चयनको विषय उठान भएको छ, दलहरुले उहाँको नाम नै कटाएका छन् ।

तुम्वाहाङफेले केही समय अघि मात्र सभामुखको प्रमुख दाबेदारका रुपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएको थियो । अहिले त पार्टी नेतृत्वले उहाँको बोली नै बन्द गराएका छन् । महिलाहरु भने ठूला–ठूला राजनीतिक परिवर्तन भएपनि पुरुष प्रधान सोचमा परिवर्तन हुन नसकेको गुनासो गर्छन् । संविधानकै भावना विपरित हिड्न माहिर दलहरुले महिलालाई प्रधान बनाउँछन् भन्ने आशा राख्नु बेकार भएको भन्नेहरु पनि छन् ।

LIVE TV