१९ पुष २०७६, शनिबार

काठमाडौं, १९ पुष । नेपाली काँंग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि १६ उम्मेदवारको नाम टुंग्याएको छ ।

शनिबार बिहान सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नामावली टुंग्याएको हो ।

माघ ९ गते १८ पदका लागि हुने निर्वाचनमा कांग्रेसले १६ जनाको नाम टुंग्याएको हो । बाँकी दुई सिट भने समाजवादी पार्टीसँग तालमेल गरेको छ ।

कांग्रेसले प्रदेश नं. १ मा पाँचथरबाट निरबहादुर विश्वकर्मा, सुनसरीबाट मिना पुलामी मगर र झापाबाट राजेन्द्र घिमिरेलाई उम्मेद्वार बनाएको छ ।

यस्तै, प्रदेश नं. २ अन्तर्गत महोत्तरीबाट नगिना यादव, धनुषाबाट भोला पन्जियारलाई उम्मेद्वार बनाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रदेश नं. ३ सिन्धुपाल्चोकबाट हरिशरण श्रेष्ठ, चितवनबाट छलीकुमारी शर्मा उपाध्यायको नाम सिफारिस गरिएको छ । यस्तै, प्रदेश नं. ४ बाट स्याङजाबाट सूर्यप्रसाद रेग्मी, म्याग्दीबाट विमला गौचनको नाम सिफारिस गरिएको छ ।

यस्तै, प्रदेश नं. ५ अर्घाखाँचीबाट बालकृष्ण पाण्डे, दाङबाट गिरिजा न्यौपाने र. बाँकेबाट मेराज हलवाईलाई सिफारिस गरिएको छ ।

यस्तै, प्रदेश नम्बर ६ बाट सुर्खेतका डिल्लीराम पाठक र सुर्खेतकै सावित्री पौडेललाई महिलामा सिफारि गर्दा प्रदेश नं.७ को बैतडीबाट प्रताप ठगुन्ना र कैलालीबाट तुलसी देवकोटालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

प्रदेश नं. १ :

१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
२. मिना पुलामी मगर (सुनसरी) महिला
३. राजेन्द्र घिमिरे (झापा) अन्य

प्रदेश नं. २ :

१. नगिना यादव (महोत्तरी) महिला
२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक÷अपाङ्गता

प्रदेश नं. ३ :

१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला

प्रदेश नं. ४ :

१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
२. विमला गौचन (म्याग्दी) महिला

प्रदेश नं.५ :

१. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
२. गिरिजा न्यौपाने (दाङ) महिला
३.मेराज हलवाई (बाँके) अल्पसंख्यक÷अपाङ्गता

प्रदेश नं. ६ :

१. डिल्लीराम पाठक (सुर्खेत) अन्य
२. सावित्री पौडेल (सुर्खेत) महिला

प्रदेश नं.७ :

१.प्रताप ठगुन्ना (बैतडी) अन्य
२. तुलसी देवकोटा (कैलाली) महिला

LIVE TV