प्रविधिको प्रयोगपछि नेपालमा मौसमको भविष्यवाणी ‘एक्युरेट’ छ : वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठ



प्रकाशित मिति : Jan 04, 2020

काठमाडौं, १९ पुष । केही दिनयता मुलुकभर वर्षा भइरहेको छ, भने हिमाली जिल्लाहरुमा १४÷१५ घण्टासम्म निरन्तर हिमपात भएको छ ।

जसको कारण अहिले मुलुकभर ह्वात्तै चिसो बढेको छ । पश्चिमी न्यून चापीय मौसमका कारण मुलुकभर वर्षा भइरहेको बताइएको छ ।

यसै विषयमा न्यूज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुति ‘६ प्रश्न’मा बरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठसँग विशेष कुराकानी गरेको छ ।

टिभी जर्नलिष्ट स्मृति मल्लसंग कुराकानी गर्दै सुरुवातमै उहाँले भन्नुभयो, ‘अहिले जुन हिसाबले टेक्नोलोजीको विकास भइरहेको छ, त्यसको तुलनामा हाम्रो नेपालले पनि विगत दश वर्ष अगाडिका हामी आफैले गर्ने जुन म्यानुलिङ (मानवको विचार)ले गर्ने मौसमको भविष्यवाणी छ, त्यसको तुलनामा धेरै सुधार भएको अवस्था छ । हामीले अझ जति नजिक समय, मौसमको नजिक दिन फोरकास्ट गर्ने गरेका छौं, त्यो एक्युरेट छ ।’

उहाँले फेरि भन्नुभयो, ‘अहिले जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्मको फोरकास्टहरु दिइरहेको छ । दश वर्ष पहिले एक दिन (२४ घण्टा)को लागि मात्रै मौसमको भविष्यवाणी गरिन्थ्यो । तर, अहिले आएर तीन दिन पछाडिसम्मको लागि पनि मौसमको भविष्यवाणी गर्दै आएका छौं ।’

‘विकासको क्रम तीब्र छ, जुन हिजो थियो–आज त्यो छैन । जुन आज छ, भोलि त्यो हुदैन ।’ उहाँले भन्नुभयो, ‘सरकारबाट एप्रोच भए अनुसार जल तथा मौसम विज्ञान विभागको धेरै बिकास भइरहेको छ । विभिन्न ठाउँमा मौसमी ¥याडरहरु राख्ने काम भइहरेका छन् ।

त्यस्तै विभिन्न देशहरुसँग कन्ट्याक्टमा रहनेछ । -याडर मोडेलबाट आफ्नै डाटाहरु र विश्वकै डाटाहरु तीन दिनसम्मका लागि ६/६ घण्टा र १२/१२ घण्टामा अपडेट भइरहेका छन् । आगामी दिनहरुमा यसलाई सुधार गरेर, सात दिनको, १० दिनको, १५ दिनको डाटाहरु अपडेट गर्ने कार्य हुनेछ ।’

पुष र माघ महिनाबीचको समयमा वर्षा हुँदै आएको बताउँदै मौसमविद् श्रेष्ठले विगतका वर्षहरुमा यो वर्ष अलि चाँडो वर्षा भएको बताउनुभयो ।

बाँकी कुराकानी भिडियोमा हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com