१९ पुष २०७६, शनिबार

हेटाैँडा, १९ पुष । प्रदेश तीन नेकपा संसदीय दलको बैठक आज पनि जारी छ ।

प्रदेश तीनको अस्थायी राजधानी हेटौंडामा जारी बैठकमा अधिकांश सांसदहरुले नेकपा केन्द्रीय सचिवालयको निर्णयमा असहमति राखेका छन् ।

नेकपा सचिवालयले प्रदेश तीनको नाम वागमती र स्थायी राजधानी हेटौंडा राख्न सुझाव दिएको थियो । त्यसयता काठमाडौं उपत्यका, रामेछाप, सिन्धुली लगायत जिल्लाका प्रदेश सांसदहरु असन्तुष्ट बनेका छन् ।

हिजोबाट सुरु भएको प्रदेश तीन नेकपा संसदीय दलको बैठकमा १७ सांसदहरुले आ–आफ्नो धारणा राखेका छन् । आज पनि सांसदहरु छलफल रहेका छन् । तर, पार्टी नेतृत्वको निर्देशन काट्न नसक्ने स्रोतले बताएको छ ।

स्रोतका अनुसार पार्टी नेतृत्वले दिएको निर्देशन नै लागु हुने छ । यता, नेपाली कांग्रेस प्रदेश तीनका सांसदहरुले नेकपा सांसदहरुले फ्लोर क्रस गरे काभ्रेपलाञ्चोक राजधानी बनाउन सहयोग गर्ने बताएका छन । तर, कांग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँ भने हेटौंडा राजधानी बनाउने पक्षमा छन् ।

LIVE TV