लुम्बिनी पुगेका एक तिहाई पर्यटक पनि बुद्धले २९ बर्ष विताएको तिलौराकोट पुग्दैनन् (भिडियो)



प्रकाशित मिति : Jan 03, 2020

१. लुम्बिनी पुगेका एक तिहाई पर्यटक पनि बुद्धले २९ बर्ष विताएको तिलौराकोट पुग्दैनन्

तिलौराकोट जहाँ भगवान गौतम बुद्धले जीवनको २९ बर्ष विताए , त्यही ठाउँ अहिले दिनानुदिन उपेक्षित बन्दै गएको छ । बुद्ध जन्मस्थल लुम्बिनी घुम्ने पर्यटकहरु दिनानुदिन बढ्दै गएपनि तिलौराकोट भने सरोकारवाला पक्षको कारण ओझेलमा पर्दै गएको छ ।

विशेषत लुम्बिनी घुम्न आउने पर्यटकहरु भारतबाट प्याकेज टुर बनाएर आउने गरेको र भारतीय ट्राभल एजेन्सीहरुले भ्रमणमा तिलौराकोट समावेश नगर्ने गरेको कारण यस्तो अवस्था आएको ठहर लुम्बिनी विकास कोषको छ ।

तर, लुम्बिनी विकास कोष र नेपालका सरोकारवाला पक्षहरुको पनि तिलौराकोटमा ध्यान कम पुगेको निष्कर्ष निकाल्न गाह्रो पर्दैन पनि । नेपालका ट्राभल एजेन्सी र पथप्रदर्शकहरुले पनि लुम्बिनी पुग्ने पर्यटकलाई तिलौराकोटसम्म पु¥याउन सकिरहेका छैनन् ।

चालु आर्थिक बर्षमा २७ लाख ८१ हजार बढी पर्यटक लुम्बिनी पुग्दा जम्मा ५० हजारको हाराहारीमा मात्र पर्यटक तिलौराकोट पुगेको तीतो तथ्यांक स्वयं लुम्बिनी विकास कोषको ढड्डामा उल्लेख छ । तिलौराकोटको बारेमा अब उपेक्षा किन ? यो गल्ती सच्याए लुम्बिनी घुम्न आउने पर्यटकहरुको बसाई समेत लम्बाउन सकिने यथार्थ घाम जतिकै छर्लङ्ग छ ।

२. नेपालीको मौलिक परिचय बनेको ढाकाको कपडाप्रति आकर्षण निरन्तर घट्न थाल्यो

ढाकाको कपडा नेपालको मौलिक परिचय नै हो । नेपालमा उत्पादित ढाकाको कपडा र यसबाट निर्मित विभिन्न वस्तुले आम नेपालीको शरीर सजाउँदै आएको छ ।

शीरदेखि पाउसम्म सुहाउने यही ढाकाको कपडाप्रति अहिले नेपाली नागरिक नै उदासिन देखिन थालेका छन् । गिर्दो र खस्किदो ढाकाको व्यापारले देखाएको पछिल्लो तथ्यांकले पनि नेपालमा बढ्दो विदेशी कपडाको उपस्थितिको अवस्था छर्लङ्ग हुन्छ ।

नेपालको पाल्पा र तेह«थुममा उत्पादित ढाकाको कपडाको बजार नेपालमा मात्र सीमित नभइ विदेशका धेरै देशमा पनि उल्लेख्य छ । पाल्पाका बजारमा भने बिभिन्न कारणले आन्तरिक तथा बाह्य पर्यटकको कमी आउँदा हातहातै विक्रि हुने ढाकाको कपडाको व्यापार उल्लेख्यरुपमा खस्कन पुगेको छ ।

पाल्पामा ढाकाबाट टोपी, पछयौरा, पर्स, टाई, दौरा सुरुवाल, जुत्ता लगायतका बस्तु उत्पादन हुँदै आएका छन् । युवा पुस्तामा ढाका मोह नहुनु र दैनिक प्रयोगमा खासै प्रयोगमा नआउनुका कारण पनि ढाकाको व्यापार खस्केको पाल्पाको ढाका व्यवसायीको निष्कर्ष छ ।

३. अर्घाखाँचीवासीलाई अघाउँजी खानेपानीको व्यवस्था गर्न बिभिन्न योजनालाई तीब्रता दिइयो

अर्घाखाँचीका वासिन्दालाइै अघाउँजी पुग्ने गरी पानी घरघरमा पु¥याउने अभियानलाई तीब्रता दिइएको छ । तीनै तहको सरकारको सक्रियतामा अर्घाखाँचीमा खानेपानीका बिभिन्न आयोजनाहरु सम्पन्न गर्न बिभिन्न साझेदारी पनि भएका छन् ।

प्रदेश सरकारको तर्फबाट ६ योजना, जिल्ला संघन खानेपानी विकास कार्यक्रम अन्तर्गत ४० योजना, खानेपानी संघबाट ५२ योजना र स्थानीय तहका सरकारको तर्फको ६५ खानेपानी योजनाको काम तीब्ररुपमा भइरहेको छ ।

जलस्रोतमा सम्पन्न यो मुलुकका जनताले सबैभन्दा बढी भोगेको समस्यामा खानेपानी पनि पर्दै आएको छ । तर अर्घाखाँचीका वासिन्दाका लागि जुन तदारुकता देखाइएको छ त्यो अन्य जिल्लामा पनि अनुशरण हुन जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com