१८ पुष २०७६, शुक्रबार

काठमाडौं । नेपाल प्राकृतिक सौन्दर्यका लागि मात्र होइन, धार्मिक महत्वका हिसावले पनि आकर्षणको केन्द्र हो । हिन्दू र बौद्ध धर्मका महत्वपूर्ण तीर्थस्थल यहाँ छन् ।

जहाँ दुई छिमेकी भारत, चीनसहित अन्य मुलुकका पर्यटक आध्यात्मिक शान्तिका लागि पनि नेपाल आउँछन् । धार्मिक पर्यटनमा जोड दिन सके भ्रमण वर्ष थप सफल हुन सक्छ ।

पर्यटन वर्ष सफल पार्न धार्मिक पर्यटनलाई पनि महत्व दिइएको छ । शुक्रबार काठमाडौंमा विभिन्न मुलुकबाट आएका बौद्ध धर्मगुरुले विश्व शान्तिका लागि प्रार्थना गरेका छन् । प्रार्थना सभामा उनीहरुले बुद्धको जन्मभूभि नेपालले शान्तिका माध्यमबाट दिगो बिकास गर्न सक्ने बताएका छन् ।

चिनियाँ धर्म गुरुहरुले भ्रमण वर्ष सफल पार्न धार्मिक पर्यटनको पनि मुख्य भूमिका रहने उल्लेख गरेका छन् । बुद्धको पवित्र जन्मस्थल लुम्बिनी लगायतका विभिन्न तिर्थस्थलमा लागि हरेक वर्ष लाखौंको संख्यामा पर्यटक भित्रिने गरेका छन् । सरकारले सांस्कृतिक, सामाजिक र धार्मिक रुपमा पनि पर्यटक आकर्षण गर्न योजनाहरु अघि बढाएको छ ।

भ्रमण वर्ष सफल पार्न धार्मिक पर्यटकहरुलाई बुद्धको जन्मस्थल लुम्बिनी, देवदह, कपिलवस्तु तिलौराकोट, स्वयम्भू लगायतका र्बौद्ध स्थलहरुलाई प्राथमिकतामा राखिएको छ ।

भ्रमण वर्षको शुभारम्भमा नेपाल आउनुभएका जमैकाका पर्यटन मन्त्री एडमण्ड बार्टलेटले नेपालको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

त्यर्सैगरी चीनका बिभिन्न क्षेत्रका उद्यमी ब्यवसायी तथा धर्म गुरुहरुले नेपालको पर्यटन क्षेत्रको बिकासको लागि धार्मिक पर्यटनबाट दिगो विकासको संभावना रहेको बताएका छन् ।

LIVE TV