१८ पुष २०७६, शुक्रबार
  • भगतराम थारु,

नेपालगञ्ज, १८ पुष । थारु समूदायको महान पर्व माघे सक्रान्ति (नयाँ बर्ष) को अवसरमा नेपालगञ्जमा ‘माघ मिलन’ कार्यक्रम भव्य रुपमा मनाउने भएको छ ।

यही पुष २७ गते नेपालगञ्जमा ‘माघ मिलन’ कार्यक्रमको आयोजना गरी माघे सक्रान्ति मनाउन लागेको हो ।

करिब १ दर्जन थारु समूदायका हक हित र अधिकारका क्षेत्रमा काम गर्ने थारु संघ–संस्थाको सयुक्त आयोजनामा ‘माघ मिलन’ कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

शुक्रबार थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद थारुको अध्यक्षतामा बसेको बैठकले यही पुष २७ गते नेपालगञ्जमा उक्त कार्यक्रम गर्ने निर्णय गरिएको हो ।

नेपालगञ्ज उप–महानगरपालिकाका नगरसभापति बासमती थारुका अनुसार ‘माघ मिलन’ कार्यक्रममा थारु समुदायको सांस्कृतिक नाच जस्तै, झुम्रा नाच, लठ्ठहवा नाच, हुरदुङग्वा नाच, छोक्रा नाच, मयुर नाच प्रस्तुत गरिनेछ ।

त्यस्तै, यो कार्यक्रममा थारु परिकारहरु, ढिक्री, घोँघी, खुर्सानीको चटनी, बंगुरको मासु, जाँडको स्वादसमेत लिन सकिने जानकारी गराइएको छ ।

साथै कार्यक्रममा राष्ट्रिय तथा स्थानीय थारु कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुति प्रस्तुत गर्ने भएका छन् ।

LIVE TV