
- विकास घिमिरे
धनकुटा, १८ पुष । धनकुटामा सम्पन्न शहिद रिदामाहाङ–रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकपको उपाधि नेपाली सेनाको त्रिभूवन आर्मी क्लबले जितेको छ ।
धनकुटाको तल्लो टुडिखेलमा आज भएको फाईनल खेलमा आर्मीले शसस्त्र प्रहरीको एपिएफ क्लब लाई ३–१ गोल अन्र्तरले पराजित गर्दै शहिद रिदामाहाङ–रामालिहाङ आठपहरिया प्रथम महिला गोल्डकपको उपाधि जितेको हो ।
निकै प्रतिस्पर्धात्मक भएको खेलमा निर्धारित ८० मिनेको समयमा दुबै तर्फबाट गोल हुन सकेन ।

बर्षाका कारण खेल प्रभावित भएपछि खेलको ८० मिनेट पछि सिधै पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टीमा आर्मीको तर्फबाट रस्मी घिसिङ्ग, निसा बोहोरा, पुजा राना मगरले गोल गरेका थिए भने पुलिसको तर्फबाट मञ्जु दोङ्गलेमात्र गोल गर्न सफल भइन् ।
किरात आठपहरिया समाज नेपाल धनकुटाको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेता आर्मीले नगद दुई लाख ट्रफि र उपविजेताले एपिएफले नगद १ लाख रुपैया प्राप्त गरेका छन् ।