१८ पुष २०७६, शुक्रबार

काठमाडाैँ, पुष १८ । चीनले अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) बाट सहयोग लिने विषय नेपालले स्वतन्त्र निर्णय लिनुपर्ने प्रष्ट पारेको छ ।

नेपालका लागि चिनिया राजदूत होउ यान्कीले आज आयोजित पत्रकार सम्मेलनमा नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्ने बताइन् । राजदूत यान्कीले कसैको दबावमा भन्दा आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्ने बताएकी हुन् ।

उनले त्रिदेशीय सहकार्यको विषयमा जोड दिंदै २ जोड एक भनेको चीन र भारतले नेपाललाई हुकुम गर्ने नभई सबै देशलाई समान व्यवहार गर्ने भएको समेत प्रष्ट पारेकी थिइन् । गत असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा चीनले त्रिदेशीय सहकार्यका लागि टु प्लस वानको अवधारणा अघि सारेको थियो ।

तर, नेपालमा टु प्लस वानले नेपालको हैसियत घट्ने चर्चा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपक्षीय सहकार्य हुनुपर्ने स्पष्ट पारेका थिए ।

LIVE TV