
काठमाडौं, १८ पुस । बुधबारदेखि आएको मौसम बदलीका कारण देशभर चिसाे बढेकाे छ भने जनजीवन कष्टकर बनेको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण भएको देशभरको मौसम बदलीसँगै कतै हिमपात त कतै वर्षा भइरहेकाे छ ।
जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार पश्चिमका केही भागमा शुक्रबार पानी परिरहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ ।
महाशाखाका अनुसार दिउँसो देशका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको छ । साथै काठमाडौं उपत्यकासहित मध्य, पुर्व र पश्चिमका अधिकांश स्थानको मौसम पूर्ण रुपमा बदली भएर अधिकांश स्थानमा पानी पर्नेछ ।
हेर्नुहाेस् तीन दिनकाे माैसम पूर्वानुमान–
