१७ पुष २०७६, बिहीबार

काठमाडौं,१७ पुष । भित्री बस्त्रमा सुन लुकाएर ल्याउने भारतीय नानगरिकलाई आज प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रामत्रिपाल शाहका अनुसार भारतीय नागरिकले नौलो तरिका अपनाएर एक किलो सुन नेपाल भित्र्याए पनि उनीहरुको योजना प्रहरीले विफल बनाएको छ । सुन तस्करीमा संलग्न दुई भारतीयलाई नियन्त्रणमा लिएको समेत उहाँले जानकारी दिनुभयो ।

सुन लिएर दुबइबाट आएका कासिव मोहम्मदले भारतबाट आएका मुसाफिन मोहम्मदलाई सुन हस्तान्तरण गर्ने क्रममा विमानस्थलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट गालेर पोको बनाएको अवस्थाको एक किलो सुन बरामद भएको छ ।

विमानस्थलमा राखिएको यन्त्रले समेत सुन पत्ता नलागेपनि प्रहरीले शङ्का लागेर जाँच गर्दा सुन बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

LIVE TV