१७ पुष २०७६, बिहीबार

काठमाडौं, १७ पुष । ६ वर्षदेखि चिनी उद्योगीले उखुको मूल्य नदिएको भन्दै किसानहरु आन्दोलित छन् । काठमाडौंको माइतीघरमा दुई सातादेखि धर्नामा रहेका किसानको माग अझै सम्बोधन हुन सकेको छैन । बक्यौता चुक्ता नगर्ने चिनी उद्योगीलाई पक्राउ गर्न पत्रचार गरेको बताएपनि अहिलेसम्म न पक्राउ नै ग¥यो न त पैसा नै तिर्न लगायो । सरकारी अनुदान बाटै ठगिएको उखु किसानलाई माघ पहिलो हप्ता सम्म भुक्तानी दिने आश्वासन दिएको छ ।

आर्थिक वर्ष २०७०÷७१ देखिका सर्लाही, सिराहा रौतहटका ६ भन्दा बढी उद्योगले करिब १ अर्ब ३३ करोड रुपैयाँ भन्दा बढी उखु किसानको भुक्तानी गर्न बाँकी छ । तिमध्ये महालक्ष्मी, अन्नपूर्ण चिनी मिलका उद्योगीले बक्यौता नदिई उल्टै उद्योग बन्द गर्ने सम्मका चुनौती दिएका छन् ।

महालक्ष्मीले चिनी मिलले २० करोड र अन्नपूर्णले ४० करोड रुपैयाँ किसानको पैसा दिएका छैनन । सबैभन्दा बढी राम सुगर मिलले ४२ करोड रुपैयाँ पैसा दिन बाँकी छ । ति उद्योगका सञ्चालकलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पत्रचार गर्न गृहलाई पत्रचार गरेको बताए पनि केही उद्योगी सम्पर्कमा आएको भन्दै कुनै कदम अघि बढाएका छैन । यता, वर्षौ सम्म पैसा नदिई किसान साहुको ऋणमा फसेपछि काठमाडौं आइ धर्ना दिइरहेका छन् । धर्नाको आज दुईहप्ता वितिसक्दा समेत सरकार बाट आश्वसन बाहेक केही पाएका छैनन ।

उद्योग मन्त्रालयले पौस २५ गते भित्र आधा र माघको पहिलो हप्ता भित्र सबै भुक्तानी दिलाउने आश्वासन दिएको छ । तर, उखु किसान भने गत वर्ष पनि आश्वसन मात्रै पाएको भन्दै लिखित सम्झौता विना आन्दोलन जारी राख्ने बताउछन् । उनीहरुले माघ ७ गतेसम्मको अल्टिमेटम दिएका छन् । उद्योगी बाट मात्र होइन सरकारबाट पनि उखु किसान ठगिएको छ । गत वर्षको ८२ करोड रुपैयाँ अनुदान समेत किसानले पाएका छैनन ।

कृषि तथा पशुपन्छी विकाश मन्त्रालयले सम्वन्धीत जिल्लाको कोष तथा लेखा नियन्त्रकका कार्यलय बाट किसानको खातामा जम्मा हुने गरी पठाईसकेको जनाएको छ । अपुग ४२ करोड रुपैयाँ अर्थमन्त्रालयलाई माग गरेको मन्त्रालयले जनाएको छ । यस अघि चिनी उद्योगी मार्फतनै सरकारले दिएको अनुदान छुट रकम समेत किसानले नपाएको उखु किसानले बताएका छन् ।

LIVE TV