१७ पुष २०७६, बिहीबार

एजेन्सी । तपाईंले दुनियाका ठूलाठूला साम्राज्यका इतिहासमा पढ्नुभएकै होला । बेलायती साम्राज्य, चंगेज खाँको आधिपत्य । यी केही इतिहासहरु हुन् । तर, सानो संसारमा शासन गर्नेहरु पनि छन् । अर्थात एउटा परिवार जति मानिस बस्ने राज्यका राजा पनि रहेका छन् ।

विश्वमा एकजना यस्ता बादशाह छन् जसको राज्यको जम्मा ११ जना मानिस बस्छन् । नाम मात्रैका ती राजाले नोकर चाकर कजाउने होइन, आफैं डुङ्गा र होटेल चलाएर गुजारा गर्छन् । अनि कट्टु र चप्पलमा जिन्दगी बिताउँछन् । यस्ता राजाले शासन गर्ने उक्त राज्यको नाम किंगडम अफ टाभोलारा हो । इटालीको साडिर्निया प्रान्त नजिक भूमध्य सागरमा एउटा सानो टापु छ ।

सोही टापुमा ती राजाको राजतन्त्र कायम छ । यो टापु राज्य इटाली भन्ने देश अस्तित्वमा आउनु अगाडिबाटै अस्तित्वमा छ । टाभोलारा टापुमा फैलिएको उक्त राज्यको क्षेत्रफल पाँच वर्ग किलोमिटर रहेको छ । उक्त टापुका राजाको नाम टोनियो बर्तलिओनी हो ।

राजा बर्त्लिओनीका अनुसार उनका जिजुबाजेका बुवा गुसेपसन् १८०७ मा एकै घरका दुई दिदी बहिनीसँग भागी बिहे गरेर इटालीबाट भाग्दै उक्त टापुमा आएका रहेछन् । त्यस समयमा इटाली छुट्टै देशको रुपमा थिएन, तर सार्डि्निया सुबाचाहिँ एउटा अलग्गै साम्राज्यको रुपमा थियो ।

त्यहाँ दुई महिलासँग बिहे गर्नु कानून विपरीत थियो । त्यसैले उनी सजायबाट बच्नको लागि उक्त टापुमा गएका रहेछन् । उनी सो टापुमा गएर बसोबास गर्न थाले । सो टापुमा सुनौला दाँत भएको प्रजातिको बाख्रा पाइने रहेछ । त्यसका बारेमा सार्डि्नियाका राजाले थाहा पाए र बाख्राको सिकार गर्न टाभोलारा टापुमा पुगे ।सार्डि्नियाका राजा बाख्राको सिकार गर्न गएको बेला गुसेपका छोरा पाओलेले राजालाई सहयोग गरे ।

गुसेपले चाहिँ आफू त्यो टापुको राजा भएको भन्दै सार्डि्नियाका राजासँग मित्रता गरे । सार्डि्नियाका राजा तीन दिनसम्म सो टापुमा बसेर घर फर्किए । सार्डि्निया फर्किएपछि ती राजाले टाभोलारा टापु छुट्टै राज्य भएको घोषणा गरिदिए । त्यसयता यो राज्य अस्तित्वमा छ ।

LIVE TV