१७ पुष २०७६, बिहीबार

काठमाडौं, १७ पुष । हरेक दश वर्षमा जनगणना गरिन्छ । तर, अब हुने जनगणनामा केही फरक प्रयोग हुने भएको छ । तथ्यांक विभागले विक्रम संवत् २०७८ मा हुने जनगणनामा प्रविधिको प्रयोग गर्ने विभागले तयारी गरेको छ ।

२०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म सञ्चालन हुने १२ औँ राष्ट्रिय जनगणनामा ४३ हजार गणक र ९ हजार सुपरभाइजर खटाउने तयारी छ । मुलुक संघीयतामा गएपछि विक्रम संवत् २०७८ सालमा पहिलो पटक जनगणना हुँदै छ । यो पटक प्रविधिको उच्चतम प्रयोग गर्ने तथ्यांक विभागले जनाएको छ । त्यसैले पनि विगत भन्दा फरक हुने बताइएको छ ।

यसपटक मानिससँगै घरको पनि गणना हुने छ । संघ, प्रदेश र स्थानीय तहलाई समेत समेट्ने गरी गणना गर्ने तयारी रहेको छ । यसअघि शिक्षकहरुलाइ गणकको रुपमा खटाइन्थ्यो । यस पटक शिक्षकहरुलाई गणक हुनेछैनन् ।

जणगणना हुने वर्ष भन्दा २ वर्ष अगाडि तयारी सुरु गर्नुपर्ने र अन्तिम तथ्याङ जनगणना भएको ३ वर्ष पछि आउने केन्द्रीय तथ्याङक विभागले जनाएको छ ।

LIVE TV