१७ पुष २०७६, बिहीबार
  • हरिकृष्ण गौतम

म्याग्दी । म्याग्दीस्थित बेनी–जोमसोम कोरला सडकमा काम गर्ने मजदुरहरु ज्याला नपाएपछि आन्दोलित बनेका छन् । सडक खण्डमा लामो समयदेखि काम गरे बाफतको ज्याला नपाएको भन्दै उनीहरु ठेकेदार विरुद्ध सडकमा उत्रिएका छन् ।

पढ्नु पर्ने उमेरमा आर्थिक अवस्था कमजोर भएकाले विद्यालय जान नपाएर मजदुरी गर्न बाध्य छन्, रोल्पा स्थित सुनछहरी गाउँपालिकाका १४ बर्षिय जेवलाल विक । बुधबार उनी म्याग्दीको जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसेर काम गरेको ज्याला माग्दै थिए । ज्याला माग्ने विक मात्र होइन् बेनी जोमसोम सडकमा काम अन्य धेरै मजदुरहरु पनि छन् । उनीहरुले शर्मा यूनाईटेड जेभीबाट एक वर्षदेखि काम गरेको ज्याला नपाएको भन्दै विभिन्न माग राखिएका प्ले कार्ड सहित जिल्ला प्रशासनमा धर्ना दिइरहेका छन् ।

रोल्पाकै दिलकुमारी बुढाको बेथा पनि उस्तै छ । घरखर्च चलाउनको लागि ३ वर्षको बालक बोकेर काम गर्दा पनि १ वर्षसम्मको ज्याला नपाउँदा घर जाने खर्चसम्म नभएको बताउँछिन् । मजदुरहरुको संगठन जिफन्टले पनि सडकमा काम गर्ने कामदारलाई छिटो रकम उपलब्ध गराई दिन भन्दै प्रशासनसंग माग गरेको बताएको छ ।

यता जिल्ला प्रशासन कार्यालय भने ठेकेदार कम्पनिसँग कुरा भइसकेकाले एक दुई दिन भित्र मजदुरले ज्याला पाउँनेमा विश्वस्त देखिन्छ । रोल्पामा अन्नबाली त्यति राम्रो फल्दनैन् । फलेको अन्नबालीले सालभर खान पुग्दैन् । घरखर्च चलाउनकै लागि भएपनि त्यहाँका बालबालिका, महिलाहरु बेनी जोमसोम कोरला सडक खण्डमा मजदुरी गरिरहेका छन् ।

तर सो सडक खण्डमा काम गर्ने मजदुरले शर्मा यूनाईटेड जेभीबाट ६ महिनाको १ करोड ११ लाख पाउन बाँकी छ । ७६ किलोमिटरको बेनी–जोमसोममा चारवटा र १ सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा ७ वटा प्याकेज बनाएर निर्माण कार्य अघि बढाइएको छ ।

LIVE TV