भ्रमण बर्ष सुरु हुँदै गर्दा पर्यटकीय नगरी पोखरामा किन निषेध गरियो भारतीय नम्बरका सवारी (भिडियो)



प्रकाशित मिति : Jan 01, 2020

१. भ्रमण बर्ष सुरु हुँदै गर्दा पर्यटकीय नगरी पोखरामा किन निषेध गरियो भारतीय नम्बरका सवारी

मुलुक महत्वाकांक्षी भ्रमण बर्ष कार्यक्रममा प्रवेश गर्दैछ । भिजिट नेपाल ट्वान्टी ट्वान्टीको घोषणा गरेको सरकारले २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सरकारले लिएको यो लक्ष्य पूरा होला नहोला तर धेरै देशमा नेपालको नाम भने गुञ्जन पुगेको छ ।

भ्रमण बर्षको घोषणा गरे पनि त्यस अनुरुपका पूर्वाधार अझै तयार नभइसकेको गुनासो एकातिर बढ्दै गर्दा सरकारले लक्ष्य पूरा गर्न हरतरहको उपाय अपनाउने रणनीति तय गरिसकेको छ । नेपालका लागि अहिले पनि सबैभन्दा बढी विदेशी पर्यटक भित्रनेमा भारतीय पर्यटकको संख्या नै अघि आउछ ।

भारतीय लगायत अन्य दक्षिण एसियाली देशका पर्यटक भित्र्याउन सरकारले आक्रामक योजना नै बनाएको छ । भारतीय पर्यटकलाई लक्षित गरेर ‘बोर्डर सेल्स मिशन’ कार्यक्रम पनि सरकारले सञ्चालन गरिरहेको छ ।

तर यस्तो कार्यक्रम गरिदै गर्दा पर्यटकको सबैभन्दा बढी रोजाईमा परेको पोखरामा भने भारतीय सवारी साधनलाई प्रवेश रोक लगाइएको छ । सरकारको ताल एकातिर सुर अर्को तिर हुने गरी चालिएको यो कदमप्रति पोखराका पर्यटन व्यवसायी नै विभाजित बनेका छन् ।

नेपालका भारतीय सवारी साधनको निर्वाध प्रवेश लामो समयदेखि नै वहसको विषय नै बन्दै आएको छ तर मुलुक भ्रमण बर्षमा प्रवेश गर्दै गर्दा यो निर्णय ठीक हो र ? भन्ने प्रश्न अब पोखरा बाहिर पनि उठन थालेको छ ।

२. अन्तरदेशीय जल सम्मेलनको प्रश्न भारतसंगको गण्डक सम्झौताको गडबडी कहिले मिलाउने ?

नेपालबाट बग्ने नदीहरुमा नेपाल लगायत दक्षिण एसियाका लगभग १० करोड बढी मानिस र प्राणीहरु आश्रित छन् । नेपालबाट बग्ने नदीले नेपाल मात्र नभइ भारत र बंगलादेशका ठूलो संख्यामा मानिसहरुको दैनिकी चलिरहेको छ ।

तर नदी आसपास बस्ने मानिसहरुको जीवन सुविधासंगै सास्तीमा पनि वितिरहेको छ । पानीको असमान वितरण, बाढीबाट हुने डुबान र कटान एवं नदीहरुमा बनाइका संरचनाको कारण नदी तटीय वासिन्दाहरु निरन्तर सास्ती खेप्न बाध्य छन् ।

गण्डक नदी र यस्को आसपासमा बस्ने नेपाली नागरिक अहिले यस्तै पीडा र सास्ती भोगिरहेका छन् । नेपाल र भारत सरकारबीच भएको गण्डक सम्झौताले हित भारतको पक्षमा उभ्याउँदा आफ्नै नागरिकहरु भने लामो समयदेखि ठगिदै आइरहेका छन् । यही पीडामा केन्द्रित रहेर पश्चिम नवलपरासीमा दोस्रो अन्तरदेशीय जलसम्मेलनको आयोजना गरियो ।

नेपाल, भारत र बंगलादेशका नदी तटीय क्षेत्रका बासिन्दाहरुको सक्रियतामा गत बर्षदेखि हुन थालेको अन्तरदेशीय जल सम्मेलनमा यसपटक मुद्दा गण्डक पीडित र प्रभावको पक्षमा नै केन्द्रित रह्यो ।

गण्डकीमा भएको गडबडी अब भने दुई देशबीच गतिलो मुद्दा बन्नै पर्छ । सुविधा भारतले पाउने सास्ती नेपालले ? सम्मेलनले यही प्रश्नलाई पेचिलोरुपमा उठाउदै सरकारलाई झक्झक्याएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com