सिद्धबाबा प्रकरण : कसरी भयो युटर्न ? दुई महिने छोरालाई कलेजो दिने बाबुको दर्दनाक पीडा (भिडियो)



प्रकाशित मिति : Dec 31, 2019

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४७६ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. सिद्धबाबा ३ लाख धरौटीमा रिहा

आफ्नै एक अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरी नियन्त्रणमा परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उर्फ कृष्णदास ३ लाख धरौटीमा रिहा भएका छन् ।

सुनसरी चतराका गिरीको मुद्दामा २ दिनसम्म चलेको थुनछेक बहस सकिएपछि सुनसरी जिल्ला अदालतले गिरीलाई धरौटीमा रिहा गर्नआदेश दिएको हो ।

जिल्ला अदालत, सुनसरीका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले उनलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । गिरीको मुद्दामा थुनछेकका लागि न्यायाधीशहरुबीचमा गोला हानिएपछि मुद्दा मुख्य न्यायाधीश उप्रेतीको बेन्चमा परेको थियो ।

२. लमजुङमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाइयो !

लमजुङ । गैर–नेपाली नागरिकलाई नेपाली नागरिकता दिन नपाउने कानूनमा स्पष्ट उल्लेख गरिएको छ । तर, लमजुङमा भने जनप्रतिनिधिले नै नक्कली बाबु–आमा बनाई भारतीय नागरिकलाई नेपाली नागरिकताका लागि सिफरिस बनाइदिएको तथ्य फेला परेको छ ।

सोही सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले नागरिकता समेत जारी गरेको छ । मस्र्याङ्दी गाउँपालिका वडा नं.९ स्थायी ठेगाना भएका सुगरे दमाई र सुशिला दमाईलाई नक्कली बाबु–आमा बनाई भारतीय नागरिकले अशोक दमाईको नाममा नेपाली नागरिकता लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय लमजुङले वि.सं. २०७६ साल कात्तिक ३ गते ४५०१७६०२९६६ नम्बरको नागरिकता जारी गरेको थियो । भारतीय नागरिकले नेपाली नागरिकता लिएको कुरालाई वडा अध्यक्ष नारायण बहादुर थापाले समेत स्वीकार गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com