मद्यपान र धुमपानको खुलमखुल्ला विक्रीले बैतडीमा विकृति भित्रने भय बढ्दै (भिडियो)



प्रकाशित मिति : Dec 31, 2019

१. मद्यपान र धुमपानको खुलमखुल्ला विक्रिले बैतडीमा विकृति भित्र्ने भय बढ्दै

धुमपान र मद्यपानको जथाभावी प्रयोगविरुद्ध सरकार नयाँ कानून ल्याउने तयारीमा छ । तर यसको प्रयोगविरुद्ध विद्यमान कानूनको समेत कार्यान्वयन भएको पाइदैन ।

सार्वजनिक स्थानमा धुमपान र मद्यपान निषेध गरिएको धेरै भइसक्यो । तर पनि यस्को प्रयोग कहिं कतै बर्जित हुन सकेको छैन । सुदूरपश्चिमको बिभिन्न जिल्लामा सरकारले लागू गरेको कानून भन्दा पनि स्थानीयवासीको सक्रियतामा मद्यपानमाथि कडा निगरानी गरिदै आएको छ ।

तर बैतडीको पाटनमा भने यस्को प्रयोगले कानूनदेखि लिएर स्थानीयवासी सबै जिल्ल पादै आएको छ । प्रहरी चौकीको इन्ट्री पोष्ट नजिकै मदिरा तथा सूर्तिजन्य पदार्थको खुलेआम विक्रि वितरण तया प्रयोग हुँदै आए पनि यस्को नियन्त्रणको लागि कहिं कतैबाट कुनै सक्रियता देखाइएको छैन ।

स्थानीय तहले मदिरा तथा सूर्तीजन्य पदार्थको प्रयोगको रोकथाममा देखाएको उदासिनता र स्थानीय प्रशासनको निष्क्रियताले वैतडीमा जथाभावीरुपमा धुमपान र मद्यपानको प्रयोग बढ्दो छ । जस्ले समाजमा पनि विभिन्न विकृतिलाई प्रषय दिन थालेको छ ।

२.विकासको नाममा विनाश थालेको भन्दै बडिमालिका नपासंग नगरवासी रुष्ट

विकासको नाममा विनाश सुरु गरिएको भन्दै बाजुरा सदरमुकाम मार्तडीका वासिन्दा स्थानीय तहसंग रुष्ट हुन थालेका छन् । बडिमालिका नगरपालिकाले विकासको नाममा नै सदरमुकाम भित्र रहेको एक मात्र खुलामञ्चलाई डम्पिङ साइट बनाएपछि नगरवासी आक्रोशित बन्न पुगेका छन् ।

कुनै पनि सभा समारोह लगायत बिभिन्न रचनात्मक कार्यहरु हुँदै आएको खुलामञ्चलाई माटो थुपार्ने र फोहर फ्याल्ने डम्पिङ साइट बनाएपछि नगरपालिकाको काम गर्ने शैली र नगरका पदाधिकारीहरुको रवैयाप्रति सबै रुष्ट बनेका हुन् ।

कुनै अन्य स्थानलाई विकल्पकोरुपमा प्रयोग नगरी खुलामञ्चलाई नै रोजेकोमा पनि नगरवासीले आपत्ति जनाएका छन् । बडिमालिका नगरपालिकाले आफ्नो गल्ती सच्याउने प्रतिबद्धता व्यक्त गरेपनि ढिला भइसकेको नगरवासीको गुनासो छ ।

३.पुर्खाको नासो र नेपाली समाजको परिचय बनेको धर्मशालाको संरक्षणमा स्थानीय तह

धर्मशाला, चौतारो, धर्मघडा र कुवा पुर्खाहरुको अमूल्य नासो हुन नेपाली समाजका लागि । सवारी साधनको पहुँच र अस्तित्व टाढाको बिषय बनेको बेला नेपाली समाजमा हिडेर नै एक जिल्लाबाट अर्को जिल्ला मात्र नभई मोफसलबाट काठमाडौं समेत पुग्ने गरिन्थ्यो ।

पैदल यात्रा गर्दा यात्रुलाई सकस हुनसक्ने मर्मलाई ध्यानमा राखेर बाटो किनारामा बास बस्न, थकाई मार्न र प्यास मेटाउन बनाइएका धर्मशाला, चौतारो, धर्मघडा र कुवाहरु सडक सञ्जाल बनेपछि मासिदै गए । सडक सञ्जालले हरेक गाउँठाउँलाई छुँदै गर्दा यस्ता ऐतिहासिक नासोहरु मेटिदै गए ।

तर अब स्थानीय तहहरु जुर्मुराएका छन्, पुर्खाको नासोहरुलाई जोगाइराख्न धनको समस्या तत्काल देखिए पनि मन बाँधेर उनीहरु अगाडि बढेका छन् । इतिहास मेटिनु हुन्न, जुन नेपाली समाजको मौलिकता हो, परिचय हो र अमूल्य नासो हो ।

अब फेरि ढल्न लागेका धर्मशालाहरु उठने भएका छन्, बटुवाहरुको प्रतीक्षामा बसिरहेका चौतारोहरु पुनः सजिने भएका छन् भने पुरिन लागिएका धर्मघडा र कुवाहरुमा पुनः पानी पलाउने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com