चुरेभावर क्षेत्रको संरक्षणमा पनि पहुँच र प्रभावको खेल हुन थालेपछि चुरे विनाश बढ्ने निश्चित (भिडियो)



प्रकाशित मिति : Dec 28, 2019

१. चुरेभावर क्षेत्रको संरक्षणमा पनि पहुँच र प्रभावको खेल हुन थालेपछि चुरे विनाश बढ्ने निश्चित

चुरे विनाशप्रति अझै पनि धेरैको अझ भनौ सरोकारवाला पक्षहरुको चासो पुग्न सकेको छैन । नेपालमा बढ्दो चुरे विनाशले भविष्य कहालीलाग्दो बन्दै गर्दा पनि अहिले नै गम्भीर बन्नु पर्ने निकायहरु गम्भीर बन्न सकेका छैनन ।

कुनै योजना विना जथाभावी सडक खन्नु, चुरे क्षेत्रमा भएका वनको जथाभावी विनाश, अव्यस्थित शैलीमा जथाभावी वस्ती बढ्दा चुरे क्षेत्रको विनाश तीब्र गतिमा हुँदा तराईमा ठूलो क्षेत्रमा खेतियोग्य जमिन बगरमा परिणत हुन थालेको छ ।

चुरे क्षेत्र हुँदै बग्ने र चुरेलाई मुहान बनाएर बग्ने नदी, खोला र खहरेहरुले समय समयमा विकराल रुप देखाउँदा तराईका उर्वर भूमिहरु वगरमा परिणत हुँदैछ भने धेरै मानिसहरु घरबारविहीन बनेर सुकुम्वासी बन्न थालेका छन् ।

त्यसमाथि तराईका धेरै स्थानमा पानीको श्रोत सुक्दै जानुले पनि चुरेको विनाशको असरले आफ्नो रुप देखाउन थालेको प्रष्ट बन्दै आएको छ ।

त्यसमाथि तराईमा भएको विनाशका लागि चुरे क्षेत्रभावर क्षेत्रको संरक्षणमा पक्षपात हुँदा विनाशले थप लीला मच्चाउने निश्चित छ । समस्याग्रस्त र प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर चुरेभावरको संरक्षण हुनु पर्नेमा पहुँचको आधारमा कार्यक्रमहरु तय गरिदा झापामा गुनासो चर्कोरुपमा बढ्दो छ ।

२.एक समय मुलुकभर पैसा पुग्ने गरी छाप्ने भोजपुरको टक्सार अब भने गुलजार बन्यो

भोजपुरको टक्सार राणाकालदेखि नै चर्चामा रहेको स्थान हो । एक समयमा भर नेपालका लागि पुग्ने टकमारी अर्थात पैसा छाप्ने यो टक्सार अहिले गुलजार बनेको छ । धातुको सामान उत्पादनका लागि राणाकालदेखि नै नाम कमाएको टक्सार अहिले गुमनाम बन्दा यहाँ रहेका व्यवसायीहरु पनि पलायन बन्न थालेका छन् ।

धातुको अभाव , नयाँ पुस्तामा काम गर्ने जाँगरको अभाव , नयाँ पुस्तामा सीप हस्तान्तरण नहुनु र धातु उद्यागमा समर्पित व्यवसायीहरु पलायन हुँदा एउटा ऐतिहासिक धरोहर टक्सार नामोनिमेट हुने अवस्थामा पुगेको छ । मिनी पाटन नामले ख्याति कमाएको टक्सार महत्व र यस्को पुरानो हैसियतलाई कायम राख्ने हो भने यसप्रति राज्य एकपटक उदार बन्नै पर्छ ।

३.इलाममा भ्रमण बर्षको कुनै निर्देशन नगए पनि इलामका पर्यटन व्यवसायी आफै तातिए

पर्यटकीय नगरी इलाममा पर्यटक घटेका छन् । हुनत मौसमको खराबीले पनि होला पर्यटक घटेका । तर मौसममा खुट्टा राख्ने ठाउँ नहुने गरी भीड लाग्ने इलामका बिभिन्न पर्यटकीय गन्तव्य स्थलहरु अहिले सुनसान देखिन्छन । भ्रमण बर्षको पूर्व सन्ध्यामा रहेको मुलुकका लागि पर्यटक तान्ने हैसियत बोकेका धेरै गन्तव्यहरु हुँदा समेत भ्रमण बर्षले कहिं कतै छोएको आभास पाइएको छैन ।

केन्द्रबाट भ्रमण बर्षलाई लक्षित गरेर कुनै निर्देशन नजाँदा पनि इलामका पर्यटन व्यवसायी र बिभिन्न पर्यटन केन्द्रमा काम गर्नेहरु रणभूल्लमा परेका छन् ।

तर इलामले पर्यटक तान्नका लागि आफ्नै हिसाबले तयारी थालेको छ । इलामको चियावगान मात्र देखाउन सक्यो भने धेरै हुन्छ इलामका लागि भन्ने हेतुले इलामका पर्यटन व्यवसायी स्वतःस्फुर्तरुपमा अघि बढेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com