कृषि कम्पनीका नाममा करोडौंको नयाँ ठगी धन्दा !, नगरपालिकाको राजस्व रकम जनप्रतिनिधिको खल्तीमा (भिडियो)



प्रकाशित मिति : Dec 28, 2019

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४७५ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
निम्न रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. कृषि कम्पनीका नाममा करोडौंको नयाँ ठगी धन्दा !

काठमाडौं । कृषकबाट २ हजार रुपैयाँ लिएर १० वर्षसम्म बिउ–बिजन, बोट–विरुवादेखि पशुपालनमा अनुदान दिने भन्दै ‘एसोसियशन अफ एग्रिकल्चर नेपाल’ नामक संस्थाका सञ्चालकले हजारौं किसान र सयौं कर्मचारीबाट करोडौंको ठगी गरेको आरोप लागेको छ ।

गणेशदत्त भट्ट मुख्य सञ्चालक रहेका उक्त संस्थाले एक पटक २ हजार रुपैयाँ तिरेपछि कृषकलाई १० वर्षसम्म बिउ–बिजन निःशुल्क उपलब्ध गराउने र पुशपालनमा अनुदान दिने भन्दै ६० भन्दा बढी जिल्लामा शाखा कार्यालय, नगरपालिक तथा गाँउपालिकाका वडा– वडामा कृषक समूह बनाएर करोडौं रकम उठाएको छ ।

तर, अहिलेसम्म कृषकहरुले न त बिउ–बिजन पाएका छन्, न त पैसा नै फिर्ता पाएका छन् । कृषकहरुलाई संस्थामा जोड्नका लागि हरेक जिल्लामा १० बर्ष जागिर दिने भन्दै ५० हजार देखि २ लाख ५० हजार रुपैयाँसम्म धरौटी लिएर शाखा प्रमुख तथा परिचालक बनाएको थियो ।

२. राजश्व रकम सीधै वडा अध्यक्ष, कर्मचारी र मेयरको खल्तीमा !

रौतहट । नगरपालिकाको विभिन्न स्रोतबाट उठेको कर तथा राजश्व राज्यकोषमा जम्मा गर्नुपर्ने प्रावाधान छ । तर, रौतहटको विजयपुर फतुवा नगरपालिकाको गिट्टी–बालुवा, ढुवानी शीर्षकबाट उठेको लाखौ रकम व्यक्ति विशेषले आफ्नै खल्तीमा राख्ने गरेको पाइएको छ ।

नगरपालिकाका वडा अध्यक्ष, कर्मचारी र कार्यालय सहयोगीले राजश्वको नाममा उठेको ४३ लाख ३७ हजार रकम राजश्व फाँटमा नबुझाई आफ्नै खल्तीमा राखेको रहस्य खुलासा भएको हो ।

वडा अध्यक्ष योगेन्द्र प्रसाद चौधरीले २ लाख ४७ हजार, भविछन राय यादवले ५६ हजार ६ सय, शेख एजाज अहमदले ७ सय रुपैया बुझाउन आनाकानी गरेका पोल खुलेको छ ।

त्यस्तै खरिदार पदका कर्मचारी विल्टु राय यादवले ५ लाख ७८ हजार ९ सय, खरिदार हिरालाल महत्तोले २४ हजार ६ सय रुपैया बुझाउन बाँकी छ ।

३. दुई वर्षको श्रम स्वीकृतिका लागि तीन वर्षको वीमा किन ?

काठमाडौं । डडेल्धुराका बासुदेव बोहोरा ९ वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरबमा बस्दै आएका छन् । उनी केही दिनअघि छुट्टीमा नेपाल आएका थिए ।

नेपाल फर्कदा बोहोरासँग १ वर्षको श्रम अवधि र दुई वर्षको वीमा अवधि बाँकी नै थियो । फर्कने समयमा उनले श्रम तथा रोजगार मन्त्रालयको सोधपुछ कक्षमा फोन गरेर आफ्नो श्रम र वीमा दुवैको म्याद बाँकी भएको जानकारी गराउँदै आफूले पुनः श्रम स्वीकृति लिनुपर्ने÷नपर्ने जिज्ञासा राखे ।

त्यहाँबाट श्रम तथा वीमा केही पनि गर्न नपर्ने जानकारी पाएपछि उनी ढुक्क हुँदै एयरपोर्ट गए । तर, उनलाई अध्यागमनले जान नमिल्ने भन्दै रोकिदियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com