न्यूज-२४ मा ‘द डिबेट’ आजबाट प्रशारणमा आउँदै



प्रकाशित मिति : Dec 15, 2019

काठमाडौं । समय सापेक्ष परिवर्तनको प्रयासमा रहेकाे न्यूज–२४ टेलिभिजनले आजबाट नयाँ कार्यक्रम ‘द डिबेट’ सुरु गर्दैछ ।

सातामा ३ दिन (आईतवार, मंगलबार र बिहीबार) साँझ ७ः१५मा प्रसारण हुने कार्यक्रम प्रमोद न्यौपानेले सञ्चालन गर्ने छन् । न्यौपानेले यसअघि कार्यक्रम ‘पावर न्यूज’ सञ्चालन गर्दै आएका थिए ।

समसामयिक विषयमा सतहमा आएका अलग धारलाई एकै बहसमा समेट्ने प्रयासका रुपमा ‘द डिबेट’को प्रसारण हुन लागेको हो ।

सोमबार, बुधवार र शुक्रवार सोही समयमा ‘पावर न्यूज’ प्रसारण हुने नेपाल ब्रोडकास्टिङ च्यानल प्रालिले जनाएको छ । सोमबारको श्रृंखलाबाट ‘पावर न्यूज’ टेकनारायण भट्टराईले सञ्चालन गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com