प्रधानमन्त्री ओलीका लागि कुर्सी खाली गर्दै प्रचण्डको अध्यक्षतामा नेकपा स्थायी कमिटी बैठक बस्याे



प्रकाशित मिति : Dec 15, 2019

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक अहिले चलिरहेकाे छ । पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकमा अर्का अध्यक्ष केपी ओली अस्वस्थताको कारण अनुपस्थित भएपछि उनको कुर्सीलाई खाली राखेर बैठक शुरु गरिएको हाे।

यसअघि आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटिमा पेश गरिने पाँच एजेन्डा समेत तय गरिएकाे थियाे जहाँ भने प्रधानमन्त्री ओली केही बेर सहभागी भएका थिए ।

एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णयको अनुमोदन, पार्टीको विधान संशोधन गरेर बामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउने लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com