पाँच वर्षभित्र देशले काचुँली फेर्छः सांसद गिरी



प्रकाशित मिति : Dec 15, 2019
  • सुवास लामिछाने

२९ आइतबार, पर्वत । पर्वत प्रतिनिधि सभाका सांसद पदम गिरीले सरकारले समृद्धिको जग हाल्ने काम पूरा गरेको बताएका छन्। पर्वतको फलेवासमा जारी वृहद सांस्कृतिक तथा व्यापारिक मेलालाई सम्वोधन गर्दै सांसद गिरीले काम पूरा गरेको बताएका हुन् ।

जनताको विश्वासलाई वर्तमान सरकारले कुठाराघात र बेइमानी कहिले पनि नगर्ने बताए। देशमा राजनीतिक क्रान्तिको अध्याय तथा समृद्धिको जग बसाल्ने काम सकिएको बताउँदै उनले पाँच वर्षभित्रमा देशले काँचुली फेर्ने बताएका छन्।

समृद्ध नेपाल सुखी नेपाली बनाउने दिशामा सरकार अगाडि बढेको भन्दै सरकारले विकास गरेन भन्नेहरुलाई सरकारका महत्वपूर्ण काम र्फकेर हेर्न आग्रह गरे । उनले रोपेको बिरुवाले फल दिन समय लाग्ने बताउँदै सरकारले गरेको काम तत्कालै नदेखिने बताएका छन्। उनले सडक, खानेपानी, पुल , विद्यूत लगायतका क्षेत्रमा आमुल परिवर्तन आइसकेको बताए । दुई बर्षमै ठूलो परिवर्तन आएको बताउँदै उनले अझै बाँकी तीन वर्षमा चमत्कारीक विकास गरिने दाबी गरे ।

गिरीले पर्वतमा विकासको रफतार दिनहुँ भएको स्मरण गर्दै जिल्लाका सातवटा स्थानीय तहमा विकास निर्माणका काम नभएको कुनै पनि वडा बाँकी नरहेको दाबी पनि गरे । जनताको आखाँमा छारो हाल्ने काम अहिलेको सरकारले नगरेको बताउँदै उनले पाँच वर्षभित्रमा जिल्लाका मुख्य सडक कालोपत्रे हुने, घरघरमा खानेपानीका धारा विस्तार हुने बताए।

गिरीले फलेवास नगरपालिकामा ठूलो इतिहास बोकेको क्षेत्र भएको बताउँदै त्यस क्षेत्र विकास निर्माणका दृष्टिले पछि पर्न नदिने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्नो कार्यकालभित्र फलेवासका अधिकांस सडक कालोपत्रे गर्नका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सांसद गिरीले सरकारले थुप्रै काम अघि बढाएको भएपनि विगतमा केहि गर्न नसक्ने शक्तिले बिरोध गरिरहेको बताए । उनले नेकपाकै नेतृत्वको सरकारले मुलुकको भविष्य परिवर्तन गर्ने बताउँदै सरकार त्यसैका निम्ति दिर्घकालीन योजनाका साथ अघि बढेको बताए।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com