ब्याडमिन्टन जुनियर टोली बंगलादेश प्रस्थान



प्रकाशित मिति : Dec 15, 2019

काठमाडौं । मित्रराष्ट्र बंगलादेशको राजधानी ढाकामा आयोजना हुने बंगलादेश जुनियर ईन्टरनेशनल सेरिज २०१९ मा प्रतिस्पर्धा गर्न ५ सदस्यीय नेपाली ब्याडमिन्टन टोली आईतबार ढाका प्रस्थान गरेको छ ।

टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष सुभाष श्रेष्ठ, उपमहासचिव लवभक्त श्रेष्ठ, सचिव समिर बहादुर सिंह र सदस्य जगत बहादुर खड्काले बिदाई गरे ।

डिसेम्बर १७ देखि २२ सम्म आयोजना हुने सिरिजमा प्रतिस्पर्धा गर्न जाने टोलीको नेतृत्व प्रशिक्षक किरण थापाले गरेका छन् । खेलाडीहरुमा दुवई ईन्टरनेशनल सेरिजका विजेता प्रिन्स दाहाल, राष्ट्रिय च्याम्पियन रशिला महर्जन, जेशिका गुरुङ्ग र देवराज राना रहेका छन् ।

नेपाली खेलाडीहरुले पुरुष तथा महिला एकल र युगल तथा मिक्स युगलमा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com