महिलाको संवेदनशीलतासँग सम्बन्धित औषधि तत्काल स्वास्थ्य संस्थामा पुर्याउन सरकारलाई निर्देशन



प्रकाशित मिति : Dec 15, 2019

काठमाडौँ । महिलाको पाठेघरको क्यान्सरको खोप तत्काल प्रकृया पुरा गरी हरेक स्वास्थ्य संस्थामा उपलब्ध गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा समिति सभापति जयपुर घर्ती मगरले महिलाको संवेदनशीलतासँग सम्बन्धित औषधि तत्काल स्वास्थ्य संस्थामा उपलब्ध गराउन सरकारलाई निर्देशन दिनुभयो । समितिका सभापति जयपुरी घर्तीले खोपहरुको प्रभावकारिता बढ्दै गएको भएपनि प्रयोगमा रहेका औषधीहरुको गुणस्तरका विषयमा अनुसन्धान आवस्यक रहेको बताउनुभयो ।

यस्तै, बैठकमा सांसदहरुले चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याइएका औषधी तथा खोपहरु डब्लुएचओ सर्टिफाइड नभएको आरोप लगाएका छन् । पूर्व स्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारीले विभिन्न देशबाट ल्याउने गरिएको औषधी र भ्याक्सिन डब्लुएचओ मान्यता प्राप्त नभएको बताउनुभयो ।

छलफलमा स्वास्थ्य विज्ञहरुले नेपालमा प्रयोग हुने कुनैपनि खोप परिक्षणका लागि नभएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com