चेलिबेटी बेचबिखन रोक्न बर्दियामा किशोरीहरुलाई अभिमुखिकरण



प्रकाशित मिति : Dec 15, 2019
  • ज्योति कुमार पन्थि

गुलरिया, मंसिर २९ गते । ‘हाम्रो आवाज चेलिबेटी मुक्त समाज’ भन्ने मुख्य उदेश्य सहित लामो समय देखि बर्दिया जिल्लामा कार्यरत रहेको माइति नेपालले आईतबार गुलरियामा किशोरी र सरोकारवाला निकायहरूबीच अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

बर्दिया जिल्लामा खुला सीमाना भएका कारण हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न माइति नेपालले जोखिम न्यूनिकरण अभिमुखिकरण कार्यक्रम गरेको हो ।

कार्यक्रममा माइति नेपाल बर्दियाका कर्मचारी गायत्री रिमालले किशोर किशोरीहरू समाजमा बस्ने गरेका कारण अहिले उनीहरूको चेतनाले समाज परिवर्तन गर्न सहज हुने भएकाले अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।

कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र पौडेलले कार्यक्रमको सफलताको कामना गर्दै किशोरीहरू बेचबिखनमा पर्ने भएका कारणले किशोरीहरूलाई कार्यक्रम सञ्चालन गर्नु फलदायी हुने बताउनु भयो ।

कार्यक्रममा गुलरिया नगरपालिकाका उपप्रमुख शुशिला गिरीले यस्तो कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै कलेज विद्यालयमा हिंसा हुने गरेको जानकारी पाएको र सीमामा पर्ने गाउँहरूमा जोखिम रहेको बताउनु भयो ।

उहाँले किशोरीहरूले गाउँघरमा घटेका घटनाहरूको बारेमा जानकारी गराउन अनुरोध गर्नु भयो । उप प्रमुख गिरीले अहिले दिनहुँ घटना हुने गरेको भएपनि त्यसलाई निर्मुल पार्न किशोरिहरू सचेत हुन जरूरी रहेको बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com