धनकुटामा अटो दुर्घटना हुँदा २ को मृत्यु



प्रकाशित मिति : Dec 15, 2019
  • विकास घिमिरे

धनकुटा, २९ मंसिर । धनकुटाको छथरजोरपाटी गाउँपालिका २ स्थित फलैंचामा आईतबार दिउँसो अटो दुर्घटना हुँदा २ को मृत्यु भएको छ ।

दुर्घटनामा अटो चालक धनकुटा २ का दशरथ पाख्रिन र त्यसमा सवार तेह्रथुमको छथर गाउँपालिका वडा नम्वर एकका साङ्गे शेर्पाको घट्नास्थलमै मृत्यु भएको प्रहरीेले जनाएको छ ।

धनकुटाको हिलेबाट सिंधुवा जाँदै गरेको को २ अ ६६११ नम्वरको अटो तेह्रथुमको बसन्तपुरबाट हिले आउँदै गरेको को १ ख ६९१२ नम्वरको मेसिन बोक्ने लोपेड ट्रकसँग ठोक्किँदा पाख्रिन र शेर्पाको मृत्यु भएको हो ।

घटनामा घाइते भएका दुईजनालाई उपचारका लागि हिले र धनकुटा अस्पतालमा पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com