न्युजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोट हुँदा मृत्यु हुनेको संख्या १६ पुग्याे



प्रकाशित मिति : Dec 15, 2019

एजेन्सी । न्युजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोट हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ । ज्वालामुखी बिस्फोटमा ज्यान गुमाउनेको आधिकारिक तथ्यांक १६ पुगेको न्युजिल्याण्डको प्रहरीले जनाएको छ ।

अझै दुईजना बेपत्ता छन् । बेपत्ताहरुको जीवितै उद्धार गर्ने सम्भावना नरहेको जनाइएको छ । बेपत्ता भएका मध्ये ६ जनाको यसअघि नै शव फेला पारेका खोजीकर्ताले बाँकी दुईजनाको अवस्था थाहा पाउन प्रयास जारी रहेको न्युजिल्याण्डको प्रहरीले जनाएको छ ।

ज्वालामुखी निरन्तर सक्रिय रहँदा खोजी कार्यमा समस्या भएको थियो । तर खोजीकर्ताले अति जोखिमपूर्ण खोजी अभियान अन्तर्गत ६ जनाको शव निकालेका थिए । गत सोमबार न्युजिल्याण्डको ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोट भएको थियो ।

बिस्फोटको केही अघि पर्यटकहरु सो क्षेत्रमा गएका थिए । र, ज्यान गुमाउनेहरु सो क्षेत्रको भ्रमणमा गएका पर्यटक भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com