रिपोर्टिङका क्रममा न्यूज २४ कर्मीमाथि आक्रमण, नयाँ रियालिटी शो ‘द लिडर’को घोषणा (भिडियो)



प्रकाशित मिति : Dec 12, 2019

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४६८ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छ :

१. राजनीतिज्ञको खोजी गर्ने फरक रियालिटी शो ‘द लिडर’को घोषणा

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द लिडर’को औपचारिक घोषणा गरिएको छ ।

‘को बन्छ करोडपति’ संचालनमा ल्याएको ‘एसआरबीएन’ मिडियाको उत्पादनमा छिट्टै प्रशारण गर्न लागेको कार्यक्रमलाई न्यूज–२४ टेलिभिजनको ‘सीधाकुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले सञ्चालन गर्नेछन् ।

निर्याणकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्र रहनेछन् । बाँकी २ निर्णायक पछि चयन गरिने बताइएको छ ।

२. मृगौला प्रत्यारोपण स्वीकृति समितिमा मान्छे नहुदा मृगौला प्रत्यारोपणमा समस्या

काठमाडौं । मृगौला तस्करीको आरोपमा ललितपुरस्थित निदान अस्पतालका सिईओ र डाक्टरसहित पाँच जना जेल चलान भएसँगै शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा समस्या उत्पन्न भएको छ ।

अहिले मृगौला प्रत्यारोपणको लाइनमा रहेका ५ सय भन्दा बढी मृगौलाका विरामीहरुले अस्पतालबाट सेवा पाउन सकेका छैनन् ।

निदान अस्पतालका सिईओसहित डाक्टर जेल चलान भएपछि शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका डाक्टर तथा मृगौला प्रत्यारोपण स्वीकृति समितिका सदस्यहरुले राजीनामा दिएपछि प्रत्यारोपणको काम रोकिएको हो ।

३.ग्लोबल एलायन्स कन्सलटेन्सीका कारण तीन जना अलपत्र

काठमाडौं । महोत्तरी गौशला नगरपालिका–४ रजखोर घर भएका ललिन्द्र महतो, विरेन्द्र महतो र विनोद साहनी कतार जाने भन्दै घरबाट बिदा भएर ५ पटकसम्म काठमाडौं आए ।

उनीहरुलाई काठमाडौंको ग्लोबल एलायन्स कन्सलटेन्सी प्राइभेट लिमिटेडले कतार पठाउने भन्दै जनही एक÷एक लाख रुपैयाँ लिएको थियो । तर, उनीहरु कतार जानपाएनन् ।

मेनपावरले सिस्टममा समस्याआएको भन्दै तत्काल पठाउन नसक्ने बतायो । तिहारको मुखमा घरबाट निक्लिएका उनीहरु पटक–पटक निराश हुँदै घर फर्किए । मेनपावर सञ्चालकहरुले भोलिनै उडाउने भन्दै ४ पटकसम्म त प्लेनमै काठमाडौं बोलायो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com