नेपाली खेलाडीको यस पटकको प्रदर्शन सराहनीय र उपलब्धिमुलक : दीपक विष्ट



प्रकाशित मिति : Dec 11, 2019

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद सागमा ५१ स्वर्णसहित कुल २०६ पदक जितेको हिसावले नेपालले ऐतिहासिक सफलता हात पार्न सफल भएको छ ।

तेस्रो पटक सागको आयोजक बनेको नेपाल पदक तालिकाको दोस्रो स्थानमा रहन सफल भयो । सागमा नेपालको लक्ष्य पूरा गर्न खेलाडी पनि खरो उत्रिए । जसले गर्दा सागको ईतिहासमा नेपालले अहिलेसम्म सर्वाधिक पदक समेत जित्न सफल भयो । विभिन्न अभावकाबीच पनि खेलाडीले गरेको यही प्रदर्शनले अब सरकारलाई खेलकुदको विकासका लागि थप चुनौती र दबाब समेत थपिदिएको छ ।

साग तेक्वान्दोमा चार स्वर्ण पदक जित्न समेत सफल भएका र तेक्वान्दो प्रशिक्षक समेत रहेका दीपक विष्टले घरेलु मैदानमा रहेर नेपाली खेलाडीहरुले यसपटक गरेको प्रदर्शन सराहनीय र उपलब्धिमुलक रहेको बताउनुभएको छ ।

न्यूज ट्वान्टी फोरको नियमित कार्यक्रम ‘छ प्रश्न’मा टिभी जर्नलिष्ट बीरेन्द्र जैरुसंग कुराकानी गर्दै विष्टले सरकारले सागमा खेलाडीले जितेका ५१ स्वर्णबाट पाठ सिक्दै जित्न सफल खेलहरुमा उपयुक्त लगानी र ध्यान दिन जरुरी रहेको बताउनुभएको छ । उहाँले लगानी गरिएका खेलाडी र खेलमा उपयुक्त नतिजा ननिस्किए लगानी कटौती गर्न सुझाव दिनुभएको छ ।

प्रशिक्षक विष्टले मोफसलमा रहेका नवोदित खेलाडीहरुलाई समेट्न प्रदेश सरकारको मातहतमा खेल नीति ल्याई आफ्नै गाउँठाउँमा खेलाडीलाई प्रोत्साहन गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

सागमा नेपालको प्रदर्शन, सागको उपलब्धि, यसपटक नेपाली खेलाडीले घरेलु मैदानमै रचेको ईतिहासलाई कसरी लिन सकिन्छ ? लगायतका प्रश्नमा केन्द्रित रहेर प्रशिक्षक विष्टसँग गरिएको थप कुराकानी बिस्तृतमा –


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com