एसपी दानबहादुर कार्कीसँग चर्काचर्की, एम्बुलेन्स चालक राख्नका लागि पनि राजनीति ! (भिडियो)



प्रकाशित मिति : Dec 10, 2019

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४६७ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. एम्बुलेन्स चालक राख्नका लागि पनि राजनीति !

दैलेख । दैलेखको भैरवी गाँउपालिकामा राजनीतिक खिचातानीकै कारण एम्बुलेन्स चालक राख्न सकिएको छैन । आठ महिना अगाडि ४३ लाखमा खरिद गरिएको एम्बुलेन्समा पनि खिया लाग्न थालेको छ ।

त्यसोत, स्थानीयले समयमा उपचार पाएका छैनन् । एम्बुलेन्स चालक राख्नका लागि ७ महिनादेखि गाँउ कार्यसमितिमा नियुक्त प्रक्रियामा सहमति नजुट्दा एम्बुलेन्स थन्किएको हो ।

मंसिर १३ गते स्थानीय सुस्मा थापा प्रशब पीडाले छटपटाइरहँदा उनका श्रीमान तपेन्द्र थापाले गाँउपालिकामा एम्बुलेन्स पठाइदिन आग्रह गरेका थिए । तर, गाँउपालिकाले चालक नभएको भन्दै एम्बुलेन्स पठाउन सकेन ।

२. कास्की प्रहरीले आफूलाई गलत मुद्दामा फसाउन खोजेको न्यूज २४ कर्मी अधिकारीको आरोप

पोखरा । पछिल्लो दुई साता यता समाचार लेखेको विषयमा कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले मानसिक तथा शारीरिक यातना दिने अभिप्रायले सादा पोशाकका प्रहरी खटाई न्यूज २४ कर्मी राजेन्द्र अधिकारीमाथि निगरानी गरिरहेको छ ।

पोखरामा प्रहरीले एनआरएनसहितको जुवा खालबाट उठाएको ८ हजार युरोको मुचुल्का नै नगरी दुई दिनसम्म राखेको भन्ने बिषयको समाचार न्यूज २४ टेलिभिजनको अनलाइनमा प्रकाशित भएको थियो ।

उक्त समाचार सार्वजनिक (प्रकाशन) भएको केही दिनमै पोखरा प्रहरीले न्यूज २४ कर्मी अधिकारीलाई प्रतिबन्धित विप्लव समूहको कार्यकर्ताको ट्याग भिराएर पक्राउपूर्जी जारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com