श्रम विभागसँग छैन विदेशी कामदारको एकिन तथ्यांक !



प्रकाशित मिति : Dec 10, 2019

काठमडौं । चालु वर्षमा मात्रै २ हजार २ सय ३ जनाले श्रम स्वीकृती लिएर कामदार भिसा लिएका छन् । चीन–अमेरिकादेखि जर्जिया सम्मका दक्ष जनशक्तिहरु विकाशे आयोजना, विमान लगायतका क्षेत्रमा नेपालमा काम गर्न आउने गरेको श्रम विभागले जनाएको छ ।

पछिल्लो तीन वर्षको अवधिमा ९ हजार ६ सय जना विदेशीले नेपालमा श्रमका लागि स्वीकृती लिएका छन् । गत वर्ष मात्रै २ हजार ३ सय ४५ जना विदेशीले कामदार भिसा लिएर नेपालमा काम गरेको तथ्यांक छ । यो वर्ष २ हजार २ सय तीन विदेशी कामदारले कामदार भिसा लिइसकेका छन् ।

नेपालमा कुन देशबाट कति कामदार श्रमका लागि भित्रिन्छ भन्ने श्रम विभागसँग यकिन तथ्यांक छैन । तर, ८० प्रतिशत कामदार चीनबाटै आउने विभाग बताउँछ । चीनका निर्माण कम्पनीहरुले उच्च दक्षता आवश्यक हुने पदमा आफ्नै देशबाट कामदार ल्याएर लगाउने गरेका छन् ।

श्रम नियमावली–२०७४ अनुसार विदेशबाट कामदार ल्याउनका लागि सार्वजनिक रुपमा विज्ञापन गर्नुपर्छ । तर, विदेशी स्वामित्वका ठुला कम्पनीहरुले उच्च पदमा आफनै देशबाट जनशक्ति ल्याउने नियतले नेपालको दक्ष जनशत्तिले नै नभ्याउने योग्यता तोक्छ । यसले पनि विदेशी कामदार आउनेको संख्या बढीरहेको श्रम तथा रोजगार सुरक्षा विभागले जनाएको छ ।

हुन त नेपालमा श्रमिकदेखि ठुलाठुला आयोजनामा भारतीय कामदारहरुको दबदबा छ । श्रमिकका रुपमा भारतीय कामदारहरुले श्रम स्वीकृत लिन नपरेका कारण संख्या निकै कम देखिएको हो । विशेषगरी सडक निर्माणमा, भवन निर्माणमा सिपयुक्त, अप्ठेरा, जोखिमयुक्त र कामहरुमा संलग्न भारतीय कामदार लाखौंको संख्यामा छन् । अध्यागमन विभागका अनुसार उच्च पदमा मात्रै विदेशी कामदार भिसा लिएका छन् ।

यसबाहेक अमेरिका, अष्ट्रेलिया, फ्रान्स, जर्मनी, इटाली, जापान कोरिया लगायतका देशबाट श्रम स्वीकृती लिई कामदार आउने गर्छन । जसमा युरोपियन कामदारहरु बढीजसो गैह्र सरकारी संघ–संस्थामा आउने गरेको विभागले जनाएको छ ।

विदेशी नागरीकलाई श्रम इजाजत दिन सम्वन्धीत संघसंस्था, कम्पनीले सम्वन्धीत मन्त्रालयम अनुरोध गर्नुपर्छ । मन्त्रालयले सिफारीस पश्चात गृहमन्त्रालयले कार्य सहमती पत्र दिए सँगै श्रम विभागले श्रम इजाजत दिन्छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com